बच्चाका अगाडि आमाबुबाले ख्याल गर्नुपर्ने ७ कुरा

के तपाईं बच्चाको बाबुआमा हुनुहुन्छ । तपाईकै व्यवहारको कारण तपाईको बच्चामा शारिरीक र मानसिक विकासमा असर परेको हुनसक्छ । त्यसका लागि हरेक बाबुआमा सचेत हुन जरुरी छ ।

धेरै बाबुआमाले बच्चालाई स्कुल लैजाँदा स्कुलको ब्याग र टिफिन आफैले बोकिदिने चलन छ । बच्चा पाँच वर्षको भएपछि झोला बोक्ने काम तत्कालै छाड्नु पर्छ । जति गर्‍हौ भएपनि झोला उसैलाई बोकाउनुपर्छ ।
बाटोमा हिँडदा हात समातेर यता आइज भन्ने होइन । कुन साइड हिँड्ने भनेर उसैलाई सोध्नु त्यसो गर्दा कुन साइड हिँड्नुपर्छ उसैले भन्छ ।

धेरै अभिभावकले वच्चा ठूलो हुँदासम्म चम्चाले भात खुवाउने गर्छन् । पाँच वर्षपछि बच्चालाई भात खुवाउन छाड्नुपर्छ । एक दुई दिन भोकै गएपनि फरक पर्दैन ।

स्कुलवाट आएपछि आफैले ड्रेस खोल्दिने काम गर्नुहुन्न । डे्रस जुत्ता, मोजा र टाई उसैलाई राख्न दिनुपर्छ । कुन धुनुपर्ने कुन धुन नपर्ने उसैलाई छुट्याउन दिनुपर्छ ।

अर्को कुरा उपहार दिँदा छोरालाई एरोप्लेन र छोरीलाई भाँडाकुटी दिने चलन छ यस्तो कहिल्यै गर्नु हुँदैन । बच्चालाई पेस्तोल कहिल्यै उपहार नदिनुस् । किन्दिँदा पनि नकिन्दिनुस् ।
यदि सम्बन्ध बिच्छेद गर्नु छ भने । पहिला बच्चालाई कसरी म्यानेज गर्ने त्यो सोचेर मात्रै सम्बन्ध बिच्छेदका लागि पहल गर्नुस् ।

वालवालिकाहरुका लागि ख्याल गर्नुपर्ने टिप्स यस्ता छन्ः

१. आफैं कपडा छान्न दिनुस्

लुगा कपडा वा जुत्ता किन्दा बच्चालाई नलाने चलन छ । बच्चाको लागि सामान किन्दिँदा उसैलाई लिएर जानुपर्छ । अर्को कुरा बढ्ने उमेरको भनेर ठूलो लुगा र जुत्ता किन्दिने चलन छ । पहिला तपाई आफैं अनुमान गर्नस् । ठूलो लुगा लगाएर तपाई कति हिँड्न सक्नुहुन्छ ।

२. बालबलिकाका समस्या समान हुन्छन्

उच्च, माध्यम र विपन्न वर्ग भनेर समाज विभाजित छ । तर, वालवालिकाको हकमा समान समस्या हुन्छ । फरक खालका वालवालिकासंग फरक समस्या हुन्छ । समाजिक प्रभाव र स्वभाव अनुसार फरक फरक हुन्छ । वालसुलभताको कुरा गर्ने हो भने धनी र गीरवमा खासै केही फरक हुँदैन ।

एउटा वालवालिकाको सर्वाङ्गिण विकासका लागि सबै भन्दा महत्वपूर्ण शारीरिक विकास नै हो । उनको मानसिक विकासमा घर परिवार र उसको बुबा आमाको ब्यबहारमा भर पर्छ । आमाले कस्तो बोल्छिन् । बुबाले कसरी बोलाउँछन् त्यसमा भर पर्छ ।

३. बच्चाले भेटने ठाउँमा चुकुल राख्नुस्

वालवालिकाको मस्तिष्कमा एकदमै सानो कुराले प्रभाव पार्छ ।

छोरीहरु आठ नौ वर्षपछि नुहाउँदा छातीमा रुमाल बाँध्छन् छोराहरु अण्डरवेर मात्रै लगाएर नुहाउँछन् । कतिपय कुराहरु वालवालिकाले आफैं सिक्छन् ।

सामान्यतया हाम्रो शौचालयमा चुकुल माथि हुन्छ । बच्चा जब ठूलो हुँदै जान्छ । उ आफैं दिसा पिसावका लागि गएको वेला चुकुल लगाउन चाहन्छ तर, सक्दैन । उसलाई समस्या हुन सक्छ । किनकि उसले आफ्नो प्राइभेसी मेन्टन गर्न नपाएको सोच्छ । सानो बच्चालाई सुसु भन्दै पटमा राखिदिने चलन हुन्छ । त्यो एकदमै घातक हो ।

४. मोबाइल घातक होइन

मोबाइल आफैंमा घातक बस्तु होइन । बच्चालाई भात खुवाउन मोबाइल दिने गर्नुभएको छ भने मोबाइल नदिएपछि उसले भात खाँदै खाँदैन । नदिई सुखै पाउनुहुन्न । तसर्थ मोबाइललाई खोलाउना बनाउने काम नगर्नुस् ।

बच्चालाई मोबाइल दिनु छ भने निश्चित समयका लागि दिनुपर्छ । होमवर्क गरी भ्याएपछि, भात खाएपछि वा अरु त्यस्तै सर्त राखेर १०/१५ मिनेट चलाउन दिँदा राम्रो हुन्छ ।

बच्चाले मोबाइलको दुरुपयोग गर्दैन । गीत सुन्छ, गेम खेल्छ तर, कहिले काँही इन्टरनेटमा बच्चाले हेर्न नमिल्ने कुराहरु पनि आउन सक्छ । त्यस्तो दृश्य आयो भने पनि हेर्छ किनकि उ जिज्ञासु स्वाभावको हुन्छ । त्यस्तो कुरामा अभिभावक सचेत हुनुपर्छ ।

५. थोरै नम्बर ल्याउदा गाली नगर्नुस्

ग्रेडिङले पनि समस्या ल्याएको छ । सबै बच्चाले परिक्षामा समान नम्बर ल्याउदैनन् । आफ्नो बच्चाले थोरै नम्बर ल्यायो भने उसको त यति आएछ तिम्रो किन यति थोरै भन्ने चलन छ । त्यसले बच्चाहरुमा पढने भन्दा पनि साथीप्रति इगो जन्माउछ । यो नभएको भए त म फष्ट हुन्थें नि भन्ने लाग्छ । त्यसकारण थोरै नम्बर ल्याए भन्दैमा गाली गर्नुहुन्न ।

६. लड्न दिनुस्

काठमाडौंको वातावरण र हाम्रो समाज अहिले वालवालिका मैत्री छैन । काठमाडौमा वल्लो कोठा र पल्लोकोठामा बस्नेवीच बोल्ने चलन हुँदैन । फ्ल्याटमा बस्नेहरुको पनि समस्या त्यही नै हो ।

दुबै कोठा वा फ्ल्याटमा एउटै उमेरका बच्चा हुन्छन् तर, आमा- आमाको झगडाको कारण पनि ती वालवालिका एक अर्कासंग बोल्न पाउँदैनन् । त्यसले पनि उनीहरुमा समस्या आउछ । बच्चालाई छिमेकी अन्टीले केही खान दिइन् भने त्यहाँ जान मन लाग्छ । तर, कतिपय बाबुआमा त्यसरि अरुकोमा गएर खान हुन्न भनेर बावालिकालाई अरुको जान दिँदैनन् ।

काठमाडौमा असाध्यै धेरै क्राउड छ । खेल्ने ठाउँ छैन । खेल्न नपाएपछि बच्चाको शारीरिक विकासमा असर पर्छ । सबैभन्दा जरुरी कुरा खेल हो । यसले शारीरिक मात्रै हैन, मानसिक विकासमा पनि असर पार्छ ।

अचेल बाबुआमाले गर्नुपर्ने भन्दा बढी केयर गर्छौं । खेल्न हुन्न लडिन्छ , धुलोमा खेल्न हुन्न भन्छौं । यो गलत हो बच्चालाई धुलोमा खेल्न दिनुपर्छ । लड्न दिनुपर्छ । लडेपछि नै उठ्न जान्दछ । धुलो लागेपछि नै धुलो टक्टक्याउन जान्दछ ।

७. लाडिएर नबोल्नुस्, मदिरापान र सेक्समा होस पुर्‍याउनोस्

कतिपय बाबु आमा आफ्ना बच्चालाई चेपारे पारेर बोल्छन् मेलो बाबा, मेलो नानु । बच्चाले त्यही सिक्छ । अलि ठूलो भएपछि बाबुआमाले आफै भन्छन् कस्तो लाडिएर बोलेको ? त्यसकारण बच्चाले तोते बोली बोल्यो भन्दैमा आफु पनि लाडिएर नबोल्नुस् ।

हरेक बच्चाले अढाई वर्ष भएपछि सबै कुरा बुझ्छ । त्यसकारण बच्चा साढे दुई वर्षको भएपछि एउटै बेडमा श्रीमान श्रीमतीवीच सेक्सुअल रिलेशन राख्नु राम्रो मानिँदैन । किनकि बच्चाहरुले थाहा पाए पनि त्यस्ता कुरा अभिव्यक्त गर्न सक्दैनन् । तर, पछि समस्या आउन सक्छ ।

घरमै साथीहरु जम्मा पारेर मदिरा खाने तर, बच्चा आयो भने ‘तिमी किन यहाँ उता जाउ’ भनेर हप्काउने चलन छ । घरमा कहिल्यै वालवालिकाको अगाडि धुम्रपान मध्यपान गर्नुहुन्न । ती कुराहरु पूरै बन्द गर्नुपर्छ ।

(मनोविज्ञ थापासँग कुराकानीमा आधारित)

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *