अाज किन उज्यालो हुदैन ?

मंगलधुन बज्दैन मन्दिरमा,
अारतीको दिप बलेको छैन्,
गाउँमा भाले बास्दैन,
भजन सुनिदैन,
अाज किन उज्यालो हुदैन?

प्रणयको शयन, चिता जस्तो,
प्रणय धुन,शोक धुन जस्तो,
अाज किन उज्यालो हुदैन?

लाग्छ सूर्य अागोले स्नान गर्दैछ।
लाग्छ लाखौ ताराहरुको हत्या गरुँ,
र बिहान जन्मन्छ
तर लाग्छ हजारौ सूर्यलाई जन्माइदैछ।
अग्नि बिजारोपण ,
अग्नि गर्भाधान,
अग्नि प्रशव,
प्राणघातक प्रशव,
परिवर्तनको सकस,
अाईसियुमा छ,
तर,
अाज किन उज्यालो हुदैन।

नव दुलाहीको फूर्ति जतिकै,
नव सिपाहीको उत्साह जतिकै,
साउने खहरेको उत्तेजना जत्तिकै,
देखिन त देखिएको छ परिवर्तन,
तर ,
अाज किन उज्यालो हुदैन।

यो संक्रमणकालमा,
यो विषम अवस्थामा,
त्यो उज्यालो,
किन निदाएको होला अवेरसम्म,
त्यो जंग बहादुर ,
किन रक्सी पिएर बेहोश भए होला,
लाज देख्न नकसकेर,
पीडा खप्न नसकेर,
मुर्छित् भएको त नहोला।
केही त हुदैछ,
तर,
अाज किन उज्यालो हुदैन?

– निम राना, अर्घाखाँची

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.