विवेकशील साझाद्वारा कार्यविभाजन सहित विभाग गठन

विवेकशील साझा पार्टीले १२ वटा बिभागको गठन र केन्द्रिय सदस्यहरुको कार्यविभाजन  गरेको छ ।

पार्टीको वैठकले नेताहरुलाई संगठनलाई चुस्त दुरुस्त र सक्रिय बनाउनका लागि विभाग गठन गरी जिम्मेवारी समेत दिएको हो ।

जसअनुसार अभियान विभाग प्रमुख रन्जु दर्शना, निति तथा प्रशिक्षण विभाग प्रमुख डा सुर्यराज आचार्य, संगठन वभाग प्रमुख मुमाराम खनाल, संसदीय मामिला प्रमुख पुकार बम, सुचना संचार तथा प्रविधी विभाग प्रमुख किरण कृष्ण श्रेष्ठ, विदेश मामिला विभाग प्रमुख डा दिनेश प्रसाई, कोश संकलन विभाग प्रमुख आशुतोष तिवारी, कानुनी मामिला विभाग प्रमुख निरुपमा यादव, उद्यमशिलता तथा रोजगारी विभाग प्रमुख सु्वुना बस्नेत, तथ्यांक तथा अनुसन्धान विभाग प्रमुख जीवन श्रेष्ठ, केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख मानवी पौडेल र सामाजिक न्याय तथा समावेशिता विभाग प्रमुख प्रकाशचन्द्र परियार चयन भएका छन् ।

नेपाली राजनीतिको उदियमान पार्टी विवेकशील साझा पार्टीले थ्रेसहोल्ड पार गर्न नसकेपनि देशभरबाट करीव सवा दुई लाख मत प्राप्त गरेको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.