त्रिभुवन विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना (भिडियो)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार युएस बंगलाको एक विमान दुर्घटना भएको छ ।

बंगलादेशको ढाकाबाट आएको विमान अवतरण गर्नेक्रममा दुर्घटना भएको हो ।

विमानमा ७८ जना सवार रहेको र अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेमध्ये केहीलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको बताइएको छ ।

विमान सोमबार दिउँसो २ बजेर १९ मिनेटमा दुर्घटना भएको हो । विमानमा उद्दारकार्य जारी रहेको छ । विमानमा लागेको आगो भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

अहिले त्रिभुवन विमानस्थलका सबै उडान र अवतरण स्थगित गरिएको छ । दुर्घटनाबारे विस्तृत् विवरण आउन बाँकी छ ।

भिडियो हेर्नुहोस्

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *