मौसम मापन यन्त्र नहुदा विमान समस्या

विवश कुलुङ
सल्लेरी, चैत ५ गते । विमान स्थलको सुरक्षा व्यवस्था तथा मौसमको अवस्था अध्ययन र मौसम सुचनाका लागि अनिवार्य आवश्यक मौसम मापन यन्त्र नहुदा तेन्जिङ हिलारी विमान स्थल लुक्लामा समस्या भएको छ । नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुवँरका अनुसार ३ वर्ष अघि विग्रीएपछि अहिलेसम्म मर्मत हुन नसकेको हो ।
विमान अवतरण तथा उडानको बेला मौसम मापन मेसिनले विमान स्थलको मौसमको बारेमा चालक र उडान भर्ने विमान स्थलमा सुचना दिनु पर्ने भएपनि अहिलेसम्म विना सुचना तथा बाह्य हेराईको भरमा जहाजहरु अवतरण गर्नुपर्ने बाध्यता रहेको नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाले जनाएको छ ।
नेपालको व्यस्त सुचिमा रहेको विमान स्थल, नेपाल कै सबैभन्दा बढि जोखिम र हिमाली क्षेत्रमा रहेकोले छिनछिनमा मौसम परिवर्तन हुने भएकोले अनिवार्य मौसम मापन यन्त्र आवश्यक रहेको नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुवँर बताउनुहुन्छ ।
लुक्ला विमान स्थलको उडान क्षेत्रका भौगोलिक बनाउट साघुरो हुनु, विमान स्थलकै छेवैमा पहाड हुनु, मौसम मापन यन्त्र नुहुनु, रन वे लाई नहुनु आदी कारणले थप चुनौती भएकोले अवतरणको समयमा अन्दाजको भरमा अवतरण गर्नु परेको नागरिक उडड्यान प्राधिकरण लुक्लाले जनाएको छ ।
मौसम मापन यन्त्रले हावाको बहाव, हुस्सुको अवस्था, आदीको रिजल्ट दिने गरेको भएपनि तीनवर्ष यता मर्मतको लागि सम्बन्धित निकायले चासो नदिदा अन्दाजमा चल्नुपरेको नेपाल नागरिक उडडयान प्राधिकरणको बाध्यता रहेको प्रमुख कुवँरले बताउनु भयो ।
पर्यटकिय आगमनको मुख्य सिजन भएकोले दैनिक ३० को हाराहारीमा हवाईजहाज तथा ८० को हाहाहारीमा हेलीकोप्टर अवतरण हुने गरेको भएपनि मौसमको मापन गर्ने यन्त्र नहुदा चालकलाई मौसम सुचना दिन नसक्दा कयौ पटक विभिन्न समस्या समेत झेल्नुपर्ने बाध्यता रहेको प्रमुख कुवँर बताउनु हुन्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *