आईसफल डाक्टरले काम थाले

सगरमाथा आरोहणका लागि बाटो बनाउने आईसफल डाक्टरहरु (हिउँमा बाटो बनाउनेहरु) सगरमाथाको आधार शिविर पुगेका छन् । सगरमाथा प्रर्दुशन नियान्त्रण समितिको कार्यालय नाम्चेबाट ८ जना आईसफल डाक्टर र दुई जना व्यवस्थापक सहित १० जना मंगलबार हिडेका टोलीसगरमाथा आधार शिविर पुगि काम थालनी गरेको आईसफल डाक्टर आङकामी शेर्पाले बताउनु भयो ।
गरमाथा प्रदुषण नियन्त्रण समिति(एसपिसिसि)का अनुसार आइएफलक डाक्टरहरु आङकामी शेर्पा, आङ सार्की शेर्पा, ङिमा दोर्जी शेर्पा, मिङमाछिरी शेर्पा, याङडा शेर्पा, मिङमा तेम्बा शेर्पा, ङिमा ओङछु शेर्पा, दावा जाङवु शेर्पा, ङवाङ थाम्तेन शेर्पा र मिङमा दोर्जीको टोली सगरमाथा आधार शिविर पुगेका हुन् ।

सगरमाथा आरोहणको समयमा सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपीसीसी) का आइसफल डाक्टरहरु सगरमाथाको आधारशिविर पुगि त्यहाको वातावरण अध्ययन गरि काम थालनी गरेका हुन् । बाटो बनाउन सुरु गर्नुअघि वर्षेणी बौद्ध धर्मानुसार पुजापाठ गर्ने द्धलन छ ।
सगरमाथा प्रदुषण नियान्त्रण समिति(एसपीसीसी)का कार्यक्रम अधिकृत कपिन्द्र राईका अनुसार १० जना आईसफल डाक्टर तथा व्यवस्थापकीय कर्मचारीसहितको टोलीले बाटो बनाउनेछ । उनीहरुको टोली सगरमाथा आधारशिविर पुगिसकेकोले अव आधार शिविरमा क्याम्प खडा गरी बाटो निर्माणको काम गर्नेछन् । गत वैशाख १२ गते भूकम्पसँगैको हिमपहिरोले बाटो धेरै बिगारेको कारण यस वर्ष बाटो बनाउन बढी मेहनत गर्नुपर्ने जनाइएको छ । वर्षेणी बाटो बनाईने गरेको भएपनि हिउका कारण वाटो बिगार्ने गरेकोले मेहनत वर्षैपिच्छे लाग्ने गरेको आईफल डाक्टर आङकामी शेर्पाले बताउनु भयो ।

आधार शिविरबाट अगाडि आईसफल प्रशस्त भएको ठाउँबाट बाटो खोल्दै एसपीसीसीको टोलीले दोस्रो शिविरसम्म बाटो बनाउनेछ । त्यहाँभन्दा अगाडि पनि विभिन्न आरोहण दल तथा आरोहण सञ्चालकले तिनै आईसफल डाक्टर प्रयोग गरेर बाटो बनाउने गर्छन् ।

गत वर्षबाट सगरमाथा आरोहण सहज बनेकोले यस वर्ष पनि उत्शाहका साथ आईफल डाक्टरहरु बाटो खन्न लागेको आईफल डाक्टर ङिमा दोर्जी शेर्पाले बताउनु भयो । शेर्पाका अनुसार क्उाम् दुई सम्म १० जनाको टोलीले बाटो बनाउनेछन् भने त्यसभन्दा माथि अरोही आफैले बाटो बनाउने आईफल डाक्टरको व्यवस्था गर्नुपर्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.