होटलमा तरकारी आपुर्ति गर्ने होटलको उत्तम विकल्प

सोलुखुम्बु, चैत ६ गते । सोलुखुम्बुको पर्यटकिय क्षेत्र खुम्बुमा सञ्चालित होटलमा तरकारी आपुर्तिको समस्या भएपछि नाम चलेका होटलहरुले होटलसँगै तरकारी उत्पादन गर्न थालेका छन् । जिल्लामा पर्यटकका लागि खोलिएका होटलहरु प्रायः खुम्बु क्षेत्रमा दुई हजार ५ सय भन्दा माथि मात्र रहेकोले खासै सहज उत्पादन हुदैन । उत्पादन कम हुने क्षेत्रमा सञ्चालित होटलका लागि तरकारी पाउन कठिन भएकोले चुल्होमा तरकारीको खाचो नहुनका लागि होटलहरुले टनेलभित्र खेति गरेर होटलको चुल्हो बाल्ने गरेको पाईएको छ ।
यति माउण्टेन होम लुक्लाका सुपरभाइजर नाम्गेल शेर्पा भन्नुहुन्छ‘यतातिर सहजरुपमा तरकारी किन्न पाईन्दैन । कि त आफुले उत्पादन गर्नु प¥यो, कि त काठ्मान्डौबाट नियमित ल्याउनु प¥यो ।’ शेर्पाका अनुसार खुम्बु क्षेत्रमा काठ्मान्डौबाट तरकारी ढुवानी गर्ने एक मात्र माध्यम हवाईजहाज भएको हुदा सधै प्रतिकुल मौसमले कहिलेकाही समस्या पार्ने भएकोले होटलले नै तरकारी उत्पादन थालेको हो । यति माउन्टेन होमको ६ स्थानमा व्यवस्थित होटल रहेकोमा ४ स्थानमा खेति गरिएको शेर्पाले बताउनु भयो ।
खुम्बु क्षेत्रमा सञ्चालित सबैजसो होटलले तरकारी उत्पादन गर्नुपरेको खुम्बु लज लुक्लाका प्रोईटर आङ छोक्पा शेर्पाले बताउनु भयो ।‘यहा नियमित तरकारी किन्न पाई बजार नभएको तथा काठ्मान्डौबाट तरकारी ढुवानी गर्न नसक्दा आफ्नै टनेलको तरकारीले पर्यटकहरुको खानपान व्यवस्थापन गर्छाै ।’ शेर्पाका अनुसार पर्यटक आईहालेमा आज तरकारी छैन । बास पाईन्न भन्न नपाईने तथा सिजनको समयमा धेरै पर्यटक भएकोले अहिले सबैजसो होटलहरुको टनेल विभिन्न प्रकारका तरकारीले हरियाली देखिएको छ ।
पर्यटकिय सिजन सुरु हुनुभन्दा एक महिना अघिबाट नै एक जना कर्मचारी टनेल स्याहारका लागि खट्ने गरेकोले अहिलेसको सिजनमा सबै होटलका टनेल हरियाली देखिएको तर नियमित ताजा तरकारी खुवाउन पाईरहेको साँग्रिला होटलका प्रोपाईटर आङसानी शेर्पाले बताउनु भयो । सोलुखुम्बुको पर्यटकिय क्षेत्र खुम्बुमा दुई हजार ५ सय मिटरदेखि ५ हजार ३ सयको हाराहारीसम्म करिब ३ सय ६० होटलहरु रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्क छ । ति होटलहरु वर्षको असोज, कातिक, मंसिर गरि अक्टोबर सिजनको तीन महिना र स्प्रिङ सिजनको फागुन चैत र बैसाख तीन महिना गरि ६ महिना पर्यटकको बाक्लो आगमन हुने गरेको छ भने बाह्रै महिना सामान्य पर्यटकहरु आउने गरेको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
नागरिक उडडयान प्राधिकरण लुक्लाका अनुसार गत वर्ष सन् २०१७ मा ४८ हजार ८४१ जना पर्यटकहरुले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । जसमध्ये ४७ हजार ७०७ जना हजाई जहाज हुदै आएका छन् भने १ हजार १३४ जना मात्र पैदल तथा गाडी हुदै खुम्बु क्षेत्र प्रवेश गरेको तथ्याङक रहेको छ । यसरी वार्षिक हजारौ पर्यटकहरु खुम्बु क्षेत्र आउदा धेरै तरकारीको खपत हुने गरेको भएपनि खुम्बु क्षेत्रमा तरकारी उत्पादन चिसो मौसममा कारण नहुने भएकोले व्यवशायीहरुले अधिकाँश तरकारी काठ्मान्डौबाट नै ढुवानी गर्न बाध्य भएको हुदा ठुला होटलहरुले तरकारी खेति सुरु गरि ताजा तरकारीको स्वाद पर्यटकलाई दिन थालेका हुन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *