तरकारी बालीको संरक्षकमा किरा !

सोलुखुम्बु, चैत ७ गते ।सोलुखुम्बुका कृषकले थोप्ले खपटे किरालाई तरकारीको रंरक्षक बनाएका छन् । यसले कृषकहरुको आम्दानीमा पनि सुधार आएको छ । तरकारी बारी व्यवस्थापनसम्बन्धि तालिममा थोप्ले खपटे किरा फाईदा जनक किरा भएकोले त्यसको संरक्षण गर्नुपर्छ भनेर प्रशिक्षककले जानकारी गराएपछि छेस्काममा २० वटा कृषि समुहका कृषकहरुले थोप्ले किराको संरक्षण गर्न थालेका हुन् ।
तालिममा फाईदा दिने किरा र हानी गर्ने किराको विषयमा जानकारी पाएपछि कृषकहरुले थोप्ले किरा छेस्काममा धेरै मात्रा पाईने तथा त्यसले लाईकिरा, पुतलीका लार्भा आदी खाईदिनाले तरकारीको संरक्षण गर्न र उत्पादन बृद्धि गर्न भन्दै थोप्ले खपटे किरा संरक्षण अभियान चलाईएको हातेमालो कृषक समुह महाकुलुङ ३ छेस्काममा लाखीमाया कुलुङले बताउनु भयो ।‘सुरुमा तरकारीबारीमा जादा थोप्ले खपटे किरा मात्र साग तथा तरकारीमा देखिन्थ्यो । अनि त्यहि किराले पो तरकारीको पात खाईदिएको भन्दै खोजीखोजी मार्थे । तर अहिले तालिमपछि संरक्षण गर्न थालेका छौ ।’
थोप्ले खपटे किराले काउली, बन्दा, साग, टामाटर आदीमा लाग्ने लाईकिरा, अनि विभिन्न प्रकारका पुतलीका लार्भाहरु र स–साना हानी पु¥याउने किरा खाईदिन थालेपछि साग, टमाटर, बन्दा आदीमा लाई किराको न्युनिरकण भएकोले तरकारीको संरक्षक भनेर थोप्ले खपटे किराको संरक्षण गरि तरकारी बारीको हेरचाहमा सहयोग पाईएको देविथान कृषक समुहका अध्यक्ष कमला कुलुङले बताउनु भयो ।
तरकारी उत्पादन गर्ने कृषकले सा–साना किरा नदेख्नु तथा देखेपनि रसायनिक विषाधीको प्रयोग गरेर नियन्त्रण गदाए एकातिर खर्च हुने गरेको छ भने अर्काेतिर रसायनको असर मानिसमा पनि देखिने भएकोले विना खर्च हानीकारक किरा खाईदिने किराको पहिचान तालिमबाट पाएपछि धेरै सहज र फाईदा भएको कृषकहरुको भनाई छ । बिना खर्च र विना श्रम किराले नै हानी पु¥याउने किरा खाईदिएपछि कृषकहरुले पालन गर्ने अभियानको सुरुवात गरेका हुन् ।
पेलेम्ला कृषक समुहका अध्यक्ष कृदिेवि कुलुङका अनुसार फाईदाजनक किरा चिन्न सकेमा स्वास्थ्य र आर्थिक हिसावले फाईदा हुने कृषकहरुले बुझेका हुदा सबैले फाईदा दिने किराको संरक्षण गरि हरियो तरकारी खान थालेका छन् ।जि फाउण्डेशन नामक संस्थाले छेस्काममा कृषि कार्याक्रम सञ्चालन गरेर विभिन्न तालिम सञ्चालन गरेपछि कृषि व्यवशाय, उत्पादन तथा भण्डारण सम्बन्धी ज्ञान बढेको छेस्काममा कृषकहरु बताउछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *