BFF को बास्तविकता थाहा पाउनुहोस् ।

भर्खरै प्राप्त जानकारी अनुसार फेसबुक सञ्चालक (CEO) Mark Zuckerberg ले संसार भरिका सम्पूर्ण फेसबक प्रयोगकर्ता हरुको लागि फेरि एउटा महत्त्वपूर्ण नयाँ आविष्कार गरिदिनु भएको जानकारी आएको छ जसको नाम हो BFF. तपाईँ आफ्नो फेसबुक अकाउन्ट सुरक्षित छ कि छैन भन्ने थाहा पाउनको लागि यो पोस्टमा BFF टाइप गरी कमेन्ट गर्नुहोस् यदि तपाईँको कमेन्टमा हरियो हुँदै माथितिर गएको देख्नु भयो भने तपाईँको फेसबुक अकाउन्ट सुरक्षित छ र यदि देख्नु भएन भने तुरुन्तै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् तपाईँको फेसबुक अकाउन्ट ह्याक हुने तर्खरमा छ!!
यो सबैको स्टाटसमा भाइरल भईरहेको छ । धेरैले स्टाटसमा BFF लेख्ने प्रयास गरेको देखिन्छ । कुनै कुनैको बाहेक सबै कालो देखिन्छ । धेरैले पासवर्ड पनि परिवर्तन गरेको भेटियो । यसको बास्तविकता बारे खोज्न थाले आखिर के हो त BFF हेर्दै जाँदा “best friends forever” भन्ने हुँदो रैछ जुन एनिमेसन फेसबुकले तयार पारेको रहेछ । यस अघि फेस्बुकाले congrts अथवा Congratulationsलाई लेख्दा रातो अक्षरमा देखाउँथ्यो र अहिले पनि देखाउँछ । त्यस्तै XOXO भनेर टाइप गर्नु भयो भने पनि त्यस्तै देखाउँछ । यो ऐले सामाजिक सञ्जालमा फैलिएको अफवाह मात्रै हो जुन हल्लाको पछाडि हामी धमाधम स्टाटस लेखेर हाम्रो एकाउन्ट सेफ छ कि छैन भन्ने चेक गर्दै छौ ।
हामी यति सम्म बेवकुफ छौ कि कसैले यस्तो हुन्छ भन्दिए सजिलै पत्याउछौ तर वास्तविकता पछाडि लाग्ने चेष्टा गर्दैनौ । एउटा कथामा कागले कान लगिदियो भन्दा कागको पछाडि दौडन्छौ तर आफ्नो कान छाम्न सक्दैनौ ।

Recommended For You

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *