SEE परिक्षा आजदेखि सुरु

काठ्माडौं, चैत ८ गते । यस शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको हो । परिक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुुसार यसपटक नियमित र एक्जाम्टेड समूहबाट गरेर कुुल चार लाख ८७ हजार परीक्षार्थी सहभागी भएका छन्् । परीक्षा चैत २० गतेसम्म सञ्चालन हुुनेछ । कक्षा दशको पाठ्यक्रम परिवर्तन भएसँगै प्रयोगात्मक विषय पनि थपिएका छन् । अनिवार्य ६ वटा विषयमध्ये पाँचवटामा प्रयोगात्मक हुुनेछ । ऐच्छिक विषयमा पनि प्रयोगात्मक राखिएको छ । नेपालीमा कुुल एक सय पूर्णांङ्कमध्ये ७५ नम्बरको सैद्धान्तिक र २५ नम्बरको प्रायोगात्मक हुुनेछ । यस वर्ष एकहजार नौ सय ५६ वटा परीक्षा केन्द्र तोकिएको छ । जुुन गत वर्षको भन्दा ३३ वटा बढी हो । यसपटकको परीक्षामा सामान्य धार, संस्कृत र प्राविधिक धारका समेत गरी ८८ वटा विषयको परीक्षा हुुनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.