कोरियन भाषा परिक्षा फारम खुल्यो

काठ्माडौं, चैत ८ गते । दक्षिण कोरिया जान चाहने कामदार छनौट सम्बन्धि नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य आजबाट सुरु हुने भएको छ । ईपीएस प्रणाली मार्फत जान चाहानेका लागि फारम संकलन सुरु भएको हो ।
परीक्षामा सहभागी हुनेले आजदेखि आगामी चैत १७ गतेसम्म आवेदन फारम अनलाइनबाटै भर्न सक्नेछन् । भाषा परीक्षामा सहभागी हुनका लागि १८ वर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने हदबन्धी तोकिएको छ ।
परीक्षामा सहभागी हुन चाहनेले ईपीएस कोरिया शाखाको नेपालको आधिकारिक बवेबसाइटबाट नै फारम भर्न पाउनेछन् । जसका कारण गत बर्ष पहिलोपटक सुरु हुनुभन्दा अघिका बर्षझैं फाराम भर्न रातभर लाइनमा बस्नुपर्ने छैन ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *