पर्यटकको आगमन बाक्लियो

सोलुखुम्बु , चैत ९ गते । सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बृद्धि भएको छ । पर्यटकिय मुख्य सिजनको फागुन महिनामा पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको हो ।
माघ महिनाबाट पर्यटकहरुको आगमन बृद्धि भएको खम्बु क्षेत्रमा माघको तुलनामा फागुनमा तीन गुणा बढिले पर्यटक भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । गत माघमा १ हजार १९२ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् भने फागुन महिनामा ३ हजार २४४ जना पर्यटकको आगमन भएको सगरमाथा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मान बहादुर खड्काले बताउनु भयो ।
सगरमाथा क्षेत्रका प्रकृतिक सुन्दरतासँग रम्ने पर्यटकको घुईचो माघबाट सुरु भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ । माघमा १ हजार १९२ जना र फागुनमा ३ हजार २४४ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गर्दा यस आर्थिक वर्षमा खुम्बु क्षेत्र आउने पर्यटकको संख्या ३३ हजार ३९ जना पर्यटकले भ्रमण गरिसकेका छन् । अहिलेसम्मको तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा सगरमाथा क्षेत्र आउने पर्यटकको संख्यामा यस वर्ष बृद्धि हुने देखिएको छ । गत वर्ष ३७ हजार ९७ जना पर्यटक मात्र खुम्बु क्षेत्र आएको थियो भने यस वर्षको स्प्रिङ सिजनको सुरुवात मै ३३ हजार नाघिसकेकोले पर्यटकको संख्यामा बृद्धि हुने सगरमाथा राष्ट्रिय निकुञ्जले अनुमान गरेको छ ।
गत वर्षको फागुनको तुलना समेत यस वर्षको फागुनमा पर्यटक बढेको छ । गत वर्षको फागुनमा २ हजार ७०८ जना पर्यटकले मात्र खुम्बु क्षेत्र भ्रमण गर्दा यस वर्ष एक महिना मै ५ सय ३६ जना पर्यटक बढेको छ । खुम्बु क्षेत्रमा विशेष गरि पर्यटकहरु जंगली जनावरहरु हेर्न, हिमालहरु हेर्न, हिउसँग खेल्न, साहसिक खेलहरु खेल्न आउने गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *