रायो बेचेर मासिक साढे दुई लाख आम्दानी

सोलुखुम्बु, चैत १० गते । जब पर्यटकीय मौसमको शुरुवात हुन्छ । तब सोलुखुम्बुको पासाङल्हामु गाउ“पालिका ३ घाटका एक कृषक दम्पतिको भ्याई नभ्याई हुन्छ । तर उनीहरु पर्यटकको स्वागत सत्कारमा भ्याईनभ्याई भएका भने होइनन् । उनीहरु त साग व्यापारमा व्यस्त हुने गरेका हुन् । पर्यटकसँगै सागको बिक्रि बढ्ने भएकोले उनीहरुकोको व्यस्तता पनि बढ्ने गरेको हो । ति दम्पति हुन् उत्रबहादुर राई र खिनिमाया राई ।
‘मासिक दुई लाख ५० हजार बराबरको रायो बेच्ने गरेका छौ“ ।’ खिनिमाया राईले भनिन्, ‘होटलहरुमा सागको खपत धेरै हुन्छ । श्रीमान र मेरो काम साग खेती गर्ने मात्रै हो ।’ खिनीमाया र उनका श्रीमानले समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर उचाईमा ५ वटा प्लाष्टिक टनेल बनाएका छन् । टनेलभित्र रायो साग रोपेका छन् ।
‘टनेल बनाउ“दाको लगानी हेर्ने हो भने १ लाख २५ हजार जति हुन्छ बा“की खुद नाफा हो ।’ राईले भनिन् । खुम्बुक्षेत्रमा पशुपालन कम हुने भएकोले मल मह“गो पर्ने गर्छ । विउ तथा कामदारको ज्याला जोड्दा मासिक लाखौ“ खर्च हुने गर्छ । तर खिनिमायाले ति सबै खर्च कटाएर पनि मासिक ५० हजार हाराहारीमा बचत गर्छिन् । चिसो ठाउ“ भएपनि टनेलले वातानुकुलनको काम गर्छ । त्यसैले रायो सागको उत्पादन राम्रो हुने गरेको छ ।
खिनीमायाका श्रीमान उत्रबहादुर राई नजिकका हाटबजारहरुमा साग बेच्न पुग्ने गर्छन् । विहीबार लुक्ला बजार पुग्छन् । शुक्रबार र शनिबार नजिकका बजारहरुमा साग लिएर भरिया सहित पुग्ने गर्छन् । श्रीमति खिनीमाया भने प्राय सागको गोड्मेल व्यवस्त हुने गर्छिन् । उनीहरुले विगत ६ वर्षदेखि व्यवसायिक साग खेति थालेका हुन् ।
नजिकमा कतैपनि तरकारी उत्पादनका लागि ठूलो फार्म नभएकोले उत्पादन भएका तरकारी बिक्रि नहोला भन्ने समस्या छैन । व्यवसायिक रुपमा खेति गर्न थालेका खिनिमायाको श्रीमानको त नामै फेरिएको छ । सा“ग्रिला होटल फाक्दीङका प्रोपाईटर आङसानी शेर्पाका अनुसार उनलाई ‘ग्रिन हाउस कान्छा’ उपनामले वरिपरि चिन्ने गरेका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.