चौँथो कटारी गोल्डकपमा सहाराको विजय यात्र सूरुवात

उदयपुर, चैत १० गते । उदयपुरको कटारीमा आजदेखिबाट सुरु भएको चौँथो कटारी मेयर गोल्डकपको उद्घाटन खेलमा साहारा क्लव पोखरा विजयी भएको छ ।
घरेलु टिम कटारी ११ लाई २–० ले पछि पार्दै कटारीले आफ्नो सेमिफाईनलको यात्रा तय गरेको हो । सहाराका लागि खेलको ७ औँ र ८३ औँ मिनेटमा अजित गुरुङ्गले गोल गरेका हुन् ।
आयोजक टिमले गोल गर्ने पटक–पटक अवसर पाएपनि गोल हुन् सकेन । उद्घाटन खेलको म्यान अफ दि म्याच सहाराकै गोलकर्ता अजित गुरुङ भएका छन् । उनले नगद ५ हजार रुपिँया प्राप्त गरेकाछन् । प्रतियोगिताअन्र्तगत आईतबारको खेल बनेपा ब्वाईज काभ्रे र गाोर्खा ब्वाईज रुपन्देहि बीच हुने मुल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले दुईलाख पचास हजार नगद पुरस्कार, शिल्ड र प्रमाणत्र पाउनेछन् । कटारी नगरपालिकाको प्रायोजन र साथी समुह कटारीको सहयोगमा गोल्डकप सन्चालन भएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *