एक महिनाको राजश्व ८८ लाख

सोलुखुम्बु, चैत ११ गते । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले फागुनमा ८८ लाख ५ हजार ४७३ रुपैया राजश्व संकलन गरेको गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे तथ्याङ्क अनुसार गत माघको भन्दा ५२ लाख १ण् हजार ४९४ रुपैया बढि राजश्व संकलन गरेको हो । पर्यटकको आगमन जति बाक्लो हुन्छ त्यति राजश्व पनि बढ्ने भएकोले पर्यटकको आगमन बढेसँगै राजश्व बढेको कार्यालयले जनाएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार गत माघ महिनामा कार्यालयले ३५ लाख ९४ हजार ९७९ रुपैया राजश्व संकलन गरेको थियो । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले पर्यटक प्रवेश शुल्क, भरिया प्रवेश शुल्क, शाहसिक पर्यटन शुल्क(प्यारग्लाईडिङ, म्याराथन, माउन्टेन फ्लाईट), वन पैदावार शूल्क आदी शिर्षकमा राजश्व संकलन गर्ने गरेको छ । ।
सगरमाथा क्षेत्रमा यस वर्ष आरोहण गर्न, हिमालको अवलोकन गर्न, बन्यजन्तुको अवलोकन गर्न र साहसिक पर्यटनको लागि समेत आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *