नेपालको सर्वाधिक राशीको भलिबल प्रतियोगिता नाम्चेमा

सोलुखुम्बु, चैत ११गते । सगरमाथा प्रवेशद्धार नाम्चेमा सर्वाधिक पुरस्कार राशीको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नाम्चे युवा समुहको आयोजनामा आगामी जेठ १५ गतेदेखि सञ्चालन हुने भएको नेम्चे युवा समुहका खेल संयोजक लामाकाजी शेर्पाले जानकारी दिनुयो ।
आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले सगरमाथा दिवशको अवशर पारेर आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोतिामा प्रथम, द्धितिय र तृतिय हुनेले पाँच लाख १०१ रुपैया, तीन लाख १०१ रुपैया र एक् लाख १०१ रुपैया हात पार्नेछन् । साथै उत्कृष्ट खेलाडीले ५० हजार १०१ रुपैया हात पार्नेछ । उक्त भलिबल पुरस्कार नेपाल कै सर्वाधिक पुरस्कार रहेको आयोजकले जनाएको छ ।
‘सगरमाथाको फेदीमा अनुपाम छ ठाउ, आन्तरिक पर्यटनको लागि लागि नाम्चे घुम्न जाउ’ भन्ने मुल नाराका साथ हुन लागेको भलिबल प्रतियोगिा सँगै साँगितिक साँझको समेत आयोजना गरिएको र उक्त साँझमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.