पार्टी एकता १९ को साईत २० मा पुर्णता

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अागामी चैत १९ वा २० गते एमाले र माओवादीबीच पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् । विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रिय समितिले आयोजना गरेको गोप्य प्रशिक्षण कार्यक्रममा पार्टी एकताको मितिबारे खुलासा गरेका हुन् ।

उनले भने,‘पार्टी एकताको मिति कम्युनिस्ट पार्टी स्थापना भएको दिन ९ बैशाख (लेनिन जयन्ती २२ अप्रिल)लाई तोकिएको थियो । तर, अहिले पार्टी एकता चैतको १९ वा २० गते गर्ने गरी तयारी भइरहेको छ, तपाईहरु पनि त्यही अनुसार तयारीमा जुट्नुहोला ।’ एकीकृत पार्टीको अन्तरिम विधान र सांगठानिक संरचनाबारे खाका तयार भइसकेको बताएका श्रेष्ठले आगामी तीन दिन भित्रमा पूर्णता दिनेगरी गम्भिर छलफलमा जुट्ने बताए ।

उनले भने,‘संविधान कार्यान्वयन र त्यसको विकास, शान्ति र सरकार, वैज्ञानिक समाजवाद निर्माण गर्ने विषयमा सहमति भइसकेको छ ।’ पार्टी एकता सम्मानजनक रुपमा हुने बताएका श्रेष्ठले सत्तामा पुग्न र पद लोलुप भएर मात्रै एकता हुन लागेको नठान्न विद्यार्थीहरुसँग आग्रह गरे । उनले समाजवाद निर्माणकै लागि पार्टी एकता गर्न लागिएकाे जिकिर गरे । विद्यार्थीहरुलाई सोही अनुसार तयारी गर्न पनि उनले निर्देशन दिएका छन् । यो खबर आजको नायाँ पत्रिका दैनिकमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *