तीन प्रजातीका नयाँ चरा

नाम्चे, चैत १२ गते । सगरमाथा क्षेत्रमा चराको प्रजाती थपिएको छ । पहिले सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयमा २ सय १६ प्रकारका चराको तथ्याङ्क रहेकोमा तीन प्रकारको चरा नया देखिएकोले दुई सय १९ पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
यसभन्दा पहिले नदेखिएको चरा आर्थिक वर्ष २०७३÷०७४ बाट देखिन थालेपछि घुम्न आएको हुनसक्ने अनुमान कार्यालयले गरेको थियोे । तर उक्त चराहरुको अध्ययन गर्दै जादा अहिले पनि यतै रहेकोले चराको सँख्या बृद्धि भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
नयाँ चरा मध्ये एउटा पानीमा पाईने कालीकण्ठ डुबुल्की चरा रहेको कार्यालयले जनाएको छ । त्यस्तै पाण्डुनयनी लेकचरी र भोट सिस्कीन नामको चरा पनि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाउन थालिएको सगरमाथा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मान बहादुर खड्काले बताउनु भयो ।
सगरमाथा क्षेत्रमा बन्यजन्तु हेर्न तथा अध्ययन गर्ने पर्यटकका लागि दृश्य थप भएको छ । त्यस्तै सगरमाथा क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा १ सय ५ वटा रेडपाण्डा र ५२ वटा कस्तुरी मृग रहेको पनि कार्यालयले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.