‘हाम्रो नेता यस्तो होस्’ बजारमा

काठमाडौं, चैत १३ – पर्यटन व्यवसायी कर्ण शाक्यले लेख्नुभएको ‘हाम्रो नेता यस्तो होस्’ नामक कृति बजारमा आएको छ ।

मुलुकमा प्रजातन्त्र आएको करिब सात दशक भए पनि राजनीतिक अधिकार सबै नागरिकले उपयोग गर्न नसकेको, जनताको जीवनस्तर सुधार हुन नसकेको, नेताहरु नसुध्रेको र चुनावमा राम्रो नेता निर्वाचित गर्न नसक्नु जनताको कमजोरी रहेकोजस्ता विषयलाई शाक्यले लिपिबद्ध गर्नुभएको छ ।

कृतिमा नेपाली र अंग्रेजी भाषामा विभिन्न व्यक्तित्वकोसन्देशमूलक भनार्इ समावेश गरिएको छ । सोमबार आयोजित कार्यक्रमम नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभयो ।

यो अवसरमा नेता शाक्यले विविधताले भरिएको नेपाली समाजका विभिन्न संस्कृतिभित्र विकृति आउन थालेकामा चिन्ता व्यक्त गर्दै कृतिले नेपाली समाजलाई अनुशासित र मर्यादित बनाउन नेतृत्व वर्गलाई प्रेरणा दिने बताउनुभयो ।

नेता थापाले समाज परिवर्तनका लागि क्रियाशील नेताहरुले सिक्नुपर्ने महत्वपूर्ण अनुभव र सन्देश पुस्तकमा रहेको विचार राख्नुभयो । पूर्वसचिव दीपेन्द्रपुरुष ढकालले कामको प्रभावकारितालाई उमेरले नछेक्ने सन्देश शाक्यले कृतिमार्फत दिएको बताउनुभयो ।

लेखक शाक्यले मुलुकमा विभिन्न स्रोत र साधन पर्याप्त भए पनि त्यसलाईसदुपयोग गर्न नसकेका कारण देश विकास हुन नसकेको विचार व्यक्त गर्नुभयो ।

– रासस

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.