पार्टी एकतामा तनाव

पार्टी एकताको नजिक रहेका एमाले र माओवादी केन्द्रबीच तनाव देखिएको छ । माओवादी केन्द्रले बराबर सहभागीता खोजेपछि एकतामा समस्या देखिएको बताइएकोछ ।

एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपीशर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग उहाँको पछिल्लो अभिव्यक्तिबारे जानकारी माग्नुभएको छ । हिजो अबेर अध्यक्ष दाहाललाई प्रधानमन्त्री निवास बोलाएरै जानकारी माग गरिएको स्रोतले बताएको छ ।

केही दिन अघि मात्र अध्यक्ष दाहालले अनेरास्ववियु क्रान्तिकारीको एक प्रशिक्षण कार्यक्रममा ५०/५० प्रतिशतका आधारमा मात्र पार्टी एकता हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो । तर, एमालेले भने प्रतिशतका आधारमा नभएर क्षमताका आधारमा मात्र एकता हुनसक्ने बताउँदै आएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.