सगरमाथा क्षेत्रमा ५ लाख ६१ हजार बढि पर्यटक

सोलुखुम्बु, चैत १४ गते । सोलुखुम्बुको सगरमाथा क्षेमा यस वर्ष पर्यटकको सँख्यमा उल्लेख्य बृद्धि भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङक अनुसार सन् २०१६ को तुलनामा सन् २०१७ मा २७ प्रतिशतले पर्यटकको संख्या बृद्धि भएको हो । यो संख्या सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २० वर्षकै सबैभन्दा बढि हो ।
सन् २०१४ देखि गत वर्षसम्म लगातार ओरालो लागेको यस वर्ष उल्लेख्य बृद्धि भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । सन् २०१४ मा ३७ हजार १ सय २४ जना पर्यटक सगरमाथा आएपछि लगातार ओरालो लागेको थियो । सन् २०१५ मा १० हजार कम अथवा २७ हजार ४ सय ६५ जना पर्यटकको आगमन भएको थियो भने २०१६ मा पनि ३७ हजार ९७ जना पर्यटकको मात्र आगमन भएको कार्यालयका सुचना अधिकारी मान बहादुर खड्काले बताउनु भयो ।
गत वर्षको तुलनामा १३ हजार २ सय ८० अथवा २७ प्रतिशतले बृद्धि हुदै ५० हजार ३ सय ७७ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी खड्काले बताउनु भयो ।
सन् २०१४ पछि हिम पहिरो, भुईचालो आदीका कारण पर्यटकको संख्या घटेको भएपनि त्रास कम हुदा उल्लेख्य पर्यटक बृद्धि भएको कार्यालयले जनाएको छ । सन् १९९८ सालदेखि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले पर्यटकको तथ्याङ्क राख्न थालेको कार्यालयले जनाएको छ । २० वर्षको तथ्याङ्क अनुसार सन् २००२ मा सबैभन्दा कम १३ हजार ७ सय ८६ जना पर्यटक खुम्बु क्षेत्र आएका थिए भने सन् २०१७ मा ५० हजार ३ सय ७७ जना पर्यटक आएको कार्यालयले जनाएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार सन् १९९८ सालदेखि २०१७ को अन्त्यसम्ममा ५ लाख ६१ हजार ३ सय ७५ जना पर्यटकले खुम्बुको भ्रमण गरेका छन् । सगरमाथा क्षेत्रमा साहसिक पर्यटन, हिमाल आरोहण, वन्यजन्तुको अवलोकण गर्न पर्यटकहरुको अगमन हुने गरेको निकुञ्जको कार्यालउ नाम्चेले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *