तीन दर्जन चलचित्र बनाउदा एउटा पनि नेपाली चलचित्र बनेन

सोलुखुम्बु, चैत १५ गते । सगरमाथालाई पृष्ठभुमी बनाएर वार्षिक दर्जनौ फिल्म निर्मााण हुन्छ । तर नेपालीले वर्षमा एउटा पनि हेर्ने मौका मिल्दैन । सगरमाथा क्षेत्रमा वर्षमा धेरै चलचित्र तथा बृत्तचित्र बन्ने गरेको भएपनि एउटा पनि नेपाली बन्न नसकेको हुदा नेपालीले हेर्न पाएका छ्रैनन् भने नेपाली कलाकारहरुले सायौ चलचित्र बनाए सयौमा भुमिका निर्वाह गरे तर नगन्य कलाकार मात्र सगरमाथा क्षेत्र पुगेका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका अनुसार अहिलेसम्म नेपाली कलाकार, निर्माता र निर्देशक सगरमाथा क्षेत्रमा आएर सुटिङ गरेको तथ्याङ्क नरहेको सगरमाथा राष्ट्रिय निकुञ्जका कार्यालय नाम्चेका सुचना अधिकारी मान बहादुर खड्काले बताउनु भयो ।
आर्थिक वर्ष २०७२÷०७३ मा सगरमाथा तथा अन्य हिमाललाई पृष्ठभुमी बनाईएर २४ वटा चलचित्र बनेका छन् । त्यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा १२ वटा चलचित्र बनेको छ । दुई वर्षको तथ्याङ्क अनुसार दुई वर्षमा ३ दर्जन चलचित्रको छायाङ्कन सोलुखुम्बुको सगरमाथा क्षेत्रमा भएको पाईन्छ । तर यहि दुई वर्षको अवधिमा नेपाली कलाकार घुम्न समेत विरलै आएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।
खुम्बु शेर्पा संस्कृति संरक्षण समाजका अध्यक्ष तेन्जिङ टसी शेर्पाका अनुसार नेपालको पस्चिमी भुभागमा मात्र नेपाली चलचित्रहरु बढिभन्दा बढि छायाङकन हुदा सोलुखुम्बुमा कलाकार अनुपस्थिती भईरहेको छ । यसरी खुम्बु क्षेत्रमा कल क्षेत्रका लागि सुनसान बन्दा आन्तरिक पर्यटन पनि प्रर्वद्धन हुन सकेको सगरमाथा प्रर्दुशन नियान्त्रण समितिका महासचिव लामाकाजी शेर्पाले बताउनु भयो । उहाका अनुसार नेपाली कलाकार तथा चलचित्र कर्मीले यस क्षेत्रमा छायाङकन गरेर नेपाली चलचित्रमा यहाको सुन्दरतालाई चलचित्रमा उतारे आनरिक पर्यटकको आगमन बढ्ने पर्यटन व्यवशायीको आशा छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.