रजश्वला हुदा गाउ निकाला !

रजश्वला एक प्रकृतिक चक्र हो । यो नियमित रुपमा भईरहन्छ । तर रजश्वला हुदा गाउ निकाला गर्ने अमानविय व्यवहार हाम्रो छिमेकी मुलुक भारतमा कायमै छ । भारतको आन्ध्रप्रदेशस्थित एउटा गाउँमा महिलाहरुलाई सुत्केरी भएको तीन महिना र रजश्वला भएको समयमा गाउँ निकाला गरिन्छ ।

अनन्तपुर जिल्लाको रोला मण्डलस्थित गन्ताहल्लागोट्टी गाउँमा यो प्रथा कायम छ । गाउँमा १२० घर छन् । कादुगोल्ला समुदायका मानिस यो गाउँमा बस्दछन् । यो समुदायमा महिलाहरु नर्कसमान जीवन बाँच्न बाध्य छन्, खासगरी रजश्वला र सुत्केरीको समयमा ।

रजश्वला भएको पाँच दिनसम्म तथा बच्चा जन्माएको सुरुका तीन महिनासम्म महिलाहरु उक्त गाउँमा बस्न पाउँदैनन् । स्कुल जाने छात्राहरु पनि यो नियमबाट अछूतो छैनन् । उनीहरु पनि रजश्वलाको समयमा गाउँबाहिर रहेको झुपडीहरुमा बस्नुपर्दछ । त्यहाँबाट स्कुल जान आउनको लागि उनीहरु दैनिक २० किलोमिटर दूरी हिँड्नुपर्दछ । रजश्वला र सुत्केरी महिलालाई मन्दिर प्रवेश गर्न र अन्य मानिसलाई छुन पनि मनाही गरिन्छ ।

महिला गर्भवती भएको ९ महिना लागेसँगै गाउँको बाहिर बाँसले बनाइएको र ताडका पातले छाएको र छोपेको झुपडी बनाइन्छ । महिला सुत्केरी हुने दिन आएसँगै उनलाई घरबाट निकालेर उक्त झुपडीमा लगेर राखिन्छ । बच्चा जन्मिसकेपछि महिलाहरुलाई सोही झुपडीमा तीन महिनासम्म राखिन्छ । त्यसबेला महिलाहरुले ठूलो अभाव र कष्ट सहनुपर्दछ । ३ महिनापछि घर फर्किनु अघि सुत्केरी महिलाले एउटा मन्दिरमा गएर आत्मशुद्धिको पूजा गर्नुपर्दछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *