नमस्ते सिम प्रयोगकर्ताले कसरी सापटी लिने ?

नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । अब ग्राहकले ५ रूपैयाँदेखि ४० रूपैयाँसम्म सापटी ब्यालेन्स पाउनेछन् । ब्यालेन्स सकिएका सबै प्रिपेड ग्राहकमा यो सेवा स्वतः लागू हुनेछ ।
नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन सकिन्छ भन्ने जानकारी पाउन आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा एसएमएएस पठाउनुपर्ने हुन्छ । यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ ।

सेवा स्वत एक्टिभ हुने भएकाले यो लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् । ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जनाएको छ । यो सुविधामा ग्राहकपिच्छे फरक-फरक रकमको सीमा तोकिएको छ ।

यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू गरिएको हो । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् । सापटीबापत पाइने रकम डाटा र एसएमएसमा पनि प्रयोग गर्न सकिनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *