काठमाडौंको तरकारीले सोलुको चुल्हो बल्छ

काठ्माडौं, चैत १७ गते । सोलुखुम्बु पर्यटकिय जिल्ला भएकोले यहा हजारौ खुलेका होटलहरु काठ्मान्डौका तरकारीले धानिरहेको छ । जिल्लाको खुम्बु क्षेत्रमा खुलेका हजारौ होटलहरुमा काठमान्डौको कालीमाटीका तरकारी पाक्ने गरेको हो । जिल्लाको पर्यटकिय क्षेत्र क्षेत्रमा कृषि उपज उत्पादन हुन नसक्ने तथा तल्लो क्षेत्रमा उत्पादन हुने कृषि उपजहरु माथिल्लो पर्यटकिय क्षेत्रमा जान नसक्दा काठ्मान्डौको तरकारीमा भर पर्नुपरेको नाम्चे होटल व्यवशायी सँघका सदस्य लामाकाजी शेर्पाले बताउनु भयो ।
तल्लो सोलु क्षेत्रका कृषकहरुले उत्पादन गरेका कृषिबालीहरुले बजार नपाईरहेको चभएपनि माथिल्लो क्षेत्रमा पु¥याउन नसकिएको कृषकहरु बताउछन् । सोताङ गाउपालिकाका व्यवशायीक कृषक हिरा राईका अनुसार माथिल्लो क्षेत्रमा होटलहरुले हेलीमा चार्टर गरेर काठ्मान्डौ बाट तरकारी ल्याउने गरेका छन् भने तल्लो क्षेत्रका कृषकहरुको तरकारी खेर गईरहेको छ । खुम्बु क्षेत्रको नाम चलेको होटलदेखि सामान्य होटलसम्म काठ्मान्डौ कै तरकारीमा भर पर्नु परेको व्यवशायीहरु बताउछन् । एभरेष्ट भ्यु होटलका लेखा व्यवस्थापक कर्मानन्द राईका अनुसार ढुवानीको अन्य माध्यमभन्दा हेलीकोप्टर चार्टर सस्तो हुने गरेकोले एभरेष्ट भ्यू होटलका लागि आवश्यक तरकारी हेलीमा नै ढुवानी गर्ने गरिएको छ ।
जिल्लाको लुक्ला, फाक्दीङ, नाम्चे, खुम्जुङ, चौरीखर्क, खुन्दे, तेङबोचे लगायतका दर्जनौ पर्यटकिय बस्तिका हजारौ होटलमा स्थानीय तरकारीको रुपमा आलु मात्र पाईने होटल व्यवशायीहरु बताउछन् । होटल जम्बला होमको प्रोपाईटर लामाकाजी शेर्पाका अनुसार आलु बाहेक सबै तरकारी काठ्मान्डौबाट ल्याईन्छ ।
जिल्लाको तल्लो क्षेत्रमा पर्यप्त कृषि उत्पादन हुने गरेको भएपनि यातायातको साधनको अभावमा खेर गईरहेको हुदा तल्लो क्षेत्रका कृषकको कृषि उपज माथिल्लो क्षेत्रमा खपत गराउनको लागि समयमा नै सडक विस्तार गर्नुपर्ने तल्लो क्षेत्रका कृषकहरुको माग रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.