फोहोर पुनःप्रयोग, पर्यटकिय बजार सफा

सोलुखुम्बु, चैत १८ गते । पर्यटकिय क्षेत्र खुम्बुमा फोहोर राख्ने डष्टविन फोहोरबाट नै बनाईए पछि खुम्बु क्षेत्रको सरसफाईमा सुधार भएको पाईएको छ । यसरी फोहोरको पुनःप्रयोग भएपछि एकतिर सरसफाई भएको छ भने अर्काे सस्तोमा डष्टविन निर्माण भएको छ । साथै बाहिर लैजादा लाग्ने लागत तथा नष्ट गरेमा हुने लागत पनि बचेको सरमाथा प्रदुशन नियान्त्रण समिति नाम्चेले जनाएको छ ।
खुम्बुको फाहोरजन्य सामाग्री तल झारेर नष्ट गर्दा धेरै खर्च हुने र माथिल्लो क्षेत्रमा नै नष्ट गर्दा हावा दुषित हुने भएपछि विगत ६ वर्षदेखि फोहोर राख्ने डष्टविन बनाउन थालिको सगरमाथा प्रर्दुशन नियन्त्रण समिति नाम्चेले जनाएको छ । पर्यटकहरुले पानी खाएर फालेका मिनिरल वाटरका बोतलको सदुपयोग गरि फोहोर राख्ने डस्टविन बनाउन थालेपछि खुम्बु क्षेत्र स्वाच्छ र सफा भएको सगरमाथा प्रर्दुशन नियिन्त्रण समितिका कार्यक्रम अधिकृत कपिन्द्र राईले बताउनु भयो ।
पर्यटकले फालेका नकुहिने किसिमका मिनरल वाटरको बोतल जस्ता सामाग्री प्रयोग गरि खुम्बु क्षेत्रलाई सफा राख्नका लागि डष्टविन निर्माण गरिएको सगरमाथा प्रदुर्शन नियन्त्रण समितिले जनाएको छ । पर्यटक हिड्ने बाटो चौंरीखर्कको लुक्लादेखि फाक्दिङ, नाम्चे, खुम्जुङ हुदै सगरमाथा आधार शिविर सम्म नै डष्टविन बनाइएको छ ।
सगरमाथा प्रर्दुशन नियन्त्रण समितिका महासचिव लामाकाजी शेर्पाका अनुसार हालसम्म ७६ वटा डष्टविन निर्माण गरिसकेको छ भने आगामाी आर्थिक वर्षबाट पुनः थप गरिने कार्यक्रम रहेको छ । साथै फोहोरको सदुपयोग गरेर डष्टविन निमार्ण कार्यमा विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् भने पुरानै सामाग्री प्रयोग गर्दा डष्टविन पनि सस्तोमा बन्ने गरेको छ ।
सगरमाथा प्रर्दुशन नियन्त्रण समितिले थालनी गरेको डष्टविन निर्माण कार्यमा इको हिमाल, सगरमाथा राष्ट्रिय निकुञ्ज, पर्यटन मन्त्रालय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र नेपाल पर्वतारोहण संघ लगायतले सहयोग गरेको सगरमाथा प्रर्दुशन नियन्त्रण समितिका महासचिव शेर्पाले बताउनु भयो । पर्यटकीय मार्गमा पर्ने चौतारा, पानीधाँरा, चोक, बजार र बाटोको बिचबिचमा डष्टविन निर्माण गरिएको छ ।
गोक्यो, इम्जा लगायतका ताल जाने बाटोमा पनि डष्टविन निर्माणलाई तिव्रता दिइएको छ । ठाउ“ठाउ“मा सशुल्क र निशुल्क शौचालय समेत निर्माण भईरहेका छन् । साथै वातावरण प्रदुषण रोक्ने र पर्यटकलाई आकर्षण गर्न प्रेरित गर्न सगरमाथा आरोहण र आधारशिविर सम्म पदयात्राका लागि जानेको दिसा पिसाब समेत संकलन गरेर सगरमाथा क्षेत्र सफा राख्नुका साथै एसपिसिसिले प्रत्येक वर्ष आधारशिविर क्षेत्र सफा गरि फोहोर नाम्चे सम्म बोकेर ल्याई व्यवस्थापन गर्दै आएको सगरमाथा प्रर्दुशन नियन्त्रण समितिले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *