थ्री स्टार मदन भण्डारी गोल्ड कपको फाइनलमा, उपाधिका लागि मनाङसँग भिड्ने

आइतवार, चैत्र १८,बुटवल – रुस्लान थ्री स्टार क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । आयोजक मदन भण्डारी स्पोर्टस् फाउन्डेसनलाई आइतबार १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो ।
अब थ्री स्टार र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच फाइनल हुनेछ । अघिल्लो दिन सुनौलो संगमलाई ५–० ले पराजित गर्दै मनाङ अन्तिम दुईमा पुगेको थियोउ । बुद्ध चेम्जोङको गोलमा थ्री स्टारले आयोजक टोलीलाई हराएको थियो ।
विमलले ३५ औं मिनेटमा गरेको प्रहार आयोजक टोलीका गोलकिपर विनय श्रेष्ठबाट रिबाउन्ड भएपछि त्यसमा बुद्धले गोल गरे । थ्री स्टारका पिटर म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गर्यो । मोसफलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले १५ लाख र दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *