२५ औं पटकसम्म सगरमाथा चढ्न सक्छु : कामिरिता शेर्पा

सोलुखुम्बु, चैत १९ गते । सोलुखुम्बु थालेका कामिरीता शेर्पा २२ औं पटक सगरमाथाको शिखर चुमेर नयाँ रेकर्ड बनाउने सोचका साथ काठ्माडौंबाट सोलुखुम्बु आईपुग्नु भएको छ । ५० दिन भित्र सफलता हासिल गर्ने योजना बनाएर सगरमाथा चुम्न आधारशिविरतर्फ लागेको आरोही कामिरिता शेर्पाले बताउनु भयो । हिमाल चढ्ने उमेर बाँकी रहेकोले ४८ वर्षिय शेर्पा २५ औं पटक सम्म शिखर चुम्ने सोचमा हुनुहुन्छ ।
कामिरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ बाट हो । उहाँले पहिलो सफल आरोहण १९९४ मे १३ तारिखका दिन गर्नुभयो । चारवर्ष ‘रोप फिक्सिङ’ (क्याम्प २ देखि शिखरसम्म डोरी टा“ग्ने) टोलीको नेतृत्व गर्नु भयो । सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविर बाट विदेशी टोलीलाई चुचुरोमा पु¥याउनु भयो तर उहाँले दुईपटक आरोहण गरेको प्रमाणपत्र नपाएको गुनासो गर्नुभयो । ‘यदि मलाई प्रमाणपत्र दिएको हो भने आधिकारिक रुपले नै मैले २२ पटक सगरमाथा शिखरमा टेकिसकेको छु ।’ कामिरिता भन्नुहुन्छ ‘अब यसवर्ष आरोहण गरेपछि भने आधिकारिक आरोहण २२ पटक पुग्नेछ ।’
कामिरितालाई आरोहण बिसाउने सोच नआएको हैन । तर बुवा, दाजु र आफन्तले अझै सगरमाथा चढेर विश्व सामु नेपाललाई चिनाउने हौसला दिएको कारण उहाँ आरोहण गरिरहेको बताउ“नुहुन्छ । नेपालको पहिलो व्यवशायीक गाईड मिङमाछिरिङ शेर्पाका छोरा कामिरिता शेर्पा थप्नुहुन्छ ‘मेरो बुवालाई पहिले छोराले सगरमाथा चढेको देख्ने रहर मात्र थियो । तर अहिले जसरी गोर्खाली भनेर संसारमा नेपालीलाई चिनिन्छ । त्यसरी नै शेर्पा भनेर पनि चिनाउनुपर्छ । त्यसैले अझै कम्तिमा ३० पटक चढ्नुपर्छ, भन्नुहुन्छ ।’
बुवाको सपना पुरा गर्नका लागि ३० पटक नसकेपनि कम्तिमा २५ पकट चढ्ने उनको धोको छ । ‘मैले यो कसैको किर्तिमान तोड्नका लागि आरोहण गरिरहेको होईन । पहिलो बुवाको सपना पुरा गर्न म सगरमाथा चढ्न लागेको हुँ ।’
कामिरिताले कक्षा ४ सम्मको औपचारिक अध्ययन गरेका छन् । तीनवर्ष बौद्ध शिक्षा ‘लामा’ पढेका छन् । उनलाई आरोहीको रुपमा परिचित हुन पाउ“दा खुशी लाग्छ । तर नेपालका आरोहीहरुलाई सरकारले बेवास्ता गरेको देख्दा दुःख लाग्ने बताउ“छन् । ‘ठूलो सेवा सुविधा मागेको हैन । तर कम्तिमा शेर्पा र आरोहीले यत्रो संसारभर नेपाललाई चिनाउने काममा योगदान दिएका छन् ।’ उनले भने, ‘तर सरकारले आरोहीलाई सामान्य सम्मान समेत गर्न सक्दैन ।’
कामिरिता जन्मेको थामे गाउ“मा कम्तिमा ५ पटक सगरमाथा नचढ्ने पुरुष भेटिन्नन् । तर उहाँलाई बुवाको सपना र विश्वमा नेपाल चिनाउने अठोटले यत्तिका पटक आरोहण गरिरहेका छन् ।सबै कुराले साथ दियो भने आगामी ५० दिनभित्र उनले सगरमाथाको शिखरमा २२ औं पटक नेपालको झण्डा फहराउनेछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.