चट्याङबाट खोटाङमा दुईको मृत्यु, एक घाइते

रामधन राई/खोटाङ,
चैत्र–२२, खोटाङको छुट्टाछुट्टै स्थानमा बर्षासँगै परेको चट्याङ लागेर दुई जनको ज्यान गएको छ भने एक घाईंते बनेका छन् । बुधबार साँझ परेको भारी
बर्षासँगै झरेको चट्याङबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो । चट्याङबाट बालकुमारीको पति प्रेमबहादुर खत्री घाइते भएको प्रहरीले जनाएका छन् । बर्षा भईरहेको समयमा घरबाट बाहिर निस्कन लाग्दा ढोका नजिकै चट्याङ लागेर बेहोस बनेका बृद्घ दाहाललाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीय जनप्रतिनिधि गंगाबहादुर विश्वकर्माले बताउनुभयो ।
दाहाल बाहिर निस्कनका लागि छाता खोल्दै गर्दा चट्याङ लागेर गम्भिर बनेका थिए । दाहाललाई चट्याङ् लागेपछि उपचार गराउन लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । यस्तै, घर परिवारलाई खाजा पकाउँदै गरेकी खत्रीको भान्छा कोठामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।
घाइते प्रेमबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ । दुवै जनाको घरैमा परेको चट्याङले अन्य क्षति भने नगरेको स्थानीयले बताएका छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.