पुस्तकालय स्थापनाले विद्यार्थीहरु उत्शाहित

सोलुखुम्बु, चैत २२ गते । सोलुखुम्बुको ७ वटा विद्यालयमा नमुना विद्यालय निर्मााणको थालनि भएसँगै विद्यार्थीहरुको पठपाठन दैनिकीमा परिवर्तन भएको छ । विद्यालयमा पुस्ताकलय स्थापना भएपछि सोलुखुम्बुका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरु आजभोलि कुनै पनि विषयका शिक्षक कक्षाकोठामा अनुपस्थित भएको खण्डमा खाली समयको सदुपयोग गर्दै पुस्ताकलयमा गएर आफ्नो रुची अनुसारको पुस्तक निकालेर पढ्ने गरेका छन ।
आफ्नो विद्यालयमा पुस्ताकलयको स्थापना भएपछि पाठ्यपुस्तक वाहेकका पुस्तकहरु समेत अध्ययन गर्न पाएको सिहंकाली मा. वि. का विद्यार्थी रीता कार्की बताउछिन । पुस्तक वर्गिकरण तालिका अनुसार विभिन्न रङको संकेत गरी पुस्ताकलयमा सजाएर राखिएको पुस्तक देख्न वित्तिकै पढौ पढौ लाग्ने गरेको विद्यार्थीहरुको भनाई छ । जिल्ला शिक्षा कार्यालयको समन्वयमा रीड नेपालको माध्यमिक शिक्षा सुधार परियोजना कार्यक्रमले सोे अभियानको थालनी गरेको हो । जिल्लाको गार्मा मा.वि. गार्मा, सिहंकाली मा.वि तिङला, विरेन्द्रज्योति मावि सोताङ, केदार मावि नेचा, छेस्काम मा.वि छेस्काम, नजजाग्रिति मा.वि सल्लेरी लगायतका ७ वटा सामुदायिक विद्यालयलाई नमुना विद्यालय निर्माणको लागि पहल गर्न शुरु गरेको छ । हाल सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षक कर्मचारीलाई लक्षित गरी पुस्ताकलयको लागि आवश्यक पुस्तक वितरण गरी नमुना पुस्ताकलयको स्थापना गरेको छ ।
यत्तिमात्र नभई सामुदायिक विद्यालयमा सुशासन कायम गर्नको लागि विद्यालयले गर्ने हरेक क्रियाकलाप सुचना बोर्ड राख्ने ब्यवस्था समेत गरेको छ । हाल अधिकाँश सामुदायिक विद्यालयहरुमा विद्यालय प्रशासक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले गर्ने कार्यको वारेमा शिक्षक, कर्मचारी र अभिभावकहरुलाई जानकारी नै नहुने प्रचल छ । सो प्रचलनलाई विस्तार विस्तार निर्मुल गर्दै लैजान यो कार्यक्रम सञ्चालनमा ल्याएको माध्यमिक शिक्षा सुधार परियोजना रीड नेपालका शैक्षिक अधिकृत मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । वर्षमा एक वा दुई पटक विद्यालय व्यवस्थापन समिति लगायतको बैठक वस्ने प्रवृत्तिलाई पनि हटाउदै हाल मासिक रुपमा शिक्षक अभिभाव संघ, विद्यालय व्यवस्थापन समितिको नियमति बैठक बसी विद्यालय सुधारका लागि आवश्यक योजनाहरु समेत गर्ने गरेका छन । कतिपय विद्यालय प्रधानाध्यापको भरमा सञ्चालन हुदै आएको छ तर अहिले अन्य शिक्षकलाई पनि जिम्मेवार वनाउन जिम्मेवारी बाड्फाड गरी काम गर्दा आफुलाई पनि काममा सहजता हुन थालेको गार्मा मा.वि. गार्माका प्रधानाध्यापक विनोदसिं तामाङको अनुभव छ ।
विद्यालयमा यो कार्यक्रम शुरु भएपछि विद्यार्थीसंगै शिक्षकहरुलाई पनि पठनपाठनमा सहज भएको सिहंकाली मा. वि. तिङलाका प्रधानाध्यापक कुमार खड्काले बताए । रीड नेपालले सञ्चालनमा ल्याएको सो कार्यक्रमले शैक्षिक गुणस्तर अभिबृद्धि गर्नुका साथै सामुदायिक विद्यालयको मुहार फेरिन थालेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *