हिमाली जिल्ला सोलुमा नयाँ शैक्षिक सत्रको पुस्तक पुग्यो

डिवि खालिङ
सोलुखुम्बु, चैत २३ गते । हिमाली जिल्ला सोलुखुम्बुमा सधै समयमा पुस्तक नआएको गुनासो हुने गथ्र्याे तर शैक्षिक सत्र २०७५ को पाठ्यपुस्तक यस वर्ष समयमा नै सोलुखुम्बु आईपुगेको छ।
सधै शैक्षिक सत्र शुरु भइसकेपछि मात्र सामुदायिक विद्यालयहरुले फाटफुट रुपमा पाठ्यपुस्तक पाउने गरेका सोलुखुम्बु जिल्लाको सामुदायिक विद्यालयहरुले यस वर्ष भने शैक्षिक सत्र सुरु हुन पहिले नै सोलुखुम्बु आईपुगेको हो । पारुहाङ स्टेशनरी अर्डर एण्ड सप्लायर्स सल्लेरीका प्रोपाइटर भक्त राईका अनुसार यो बर्षको लागि कक्षा १ देखि १० सम्मका अङग्रेजी मिडियम वाहेकका सबै पुस्तकहरु सदरमुकाम सल्लेरी आइपुगेको छ । यसै शैक्षिक सत्रबाट कक्षा १ देखि ५ सम्मका सम्पूर्ण पुस्तकहरु रङगिन वनाएकोले अङग्रेजी मिडियमको पुस्तक छपाईमा ढिला भएको कारण आफुहरुले अङग्रेजी मिडियम वाहेकका सबै पुस्तक समयमा नै जनक शिक्षा सामाग्री केन्द्रले उपलब्ध गराएको मनकामना कम्प्युटर एण्ड स्टेशनरी सेन्टर सल्लेरीका प्रोपाइटर निसा राईले वताउनुभयो ।
जिल्लामा रहेका अन्य पुस्तक डिलरहरुले पनि केन्द्रमा अर्डर टिपाइ सकेकोले अब छिट्टै जिल्लामा पुस्तक ल्याइ पु¥याउने वताएका छन । विगतका बर्षहरुमा शैक्षिक सत्र शुरु भएको ३ देखि ४ महिनामा पनि नयाँ पुस्तक विद्यार्थीको हातमा नपुग्ने समस्य झल्दै आएका सोलुखुम्बुका सामुदायिक विद्यालयहरुले यो बर्ष भने शैक्षिक सत्र शुरु हुनु अगावै पुस्तक पाउनेमा ढुक्क छन ।
समयमा पुस्तक नआउदा सबैभन्दा बढी विद्यालयको प्रधानाध्यापकलाई प्रेसर हुने गरेको तितो यर्थाथ सुनाउदै जीवनज्योति मा.वि. नेलेका प्रधानाध्यापक प्रभुराम वस्नेत भन्नुहुन्छ ‘यो बर्ष शैक्षिक सत्रको शुरुवातमा नै आफुहरुले सबै विद्यार्थीलाई पुस्तक वितरण गर्न पाउनेमा ढुक्क छौँ ।’ यता पुस्तक डिलरहरुले पनि जनक शिक्षा सामाग्री केन्द्र धाउदाको हैरानी भोग्दै आएका थिए । जसले गर्दा कतिपय जिल्लाका पुस्तक डिलरहरुले त पुस्तक खरिद गर्न सकेत छाडिसकेका छन । पुस्तक डिलरहरुले पनि चैत्र अन्तिमभित्रै सबै विद्यालयमा पुस्तक पु¥याउन ब्यवस्था मिलाउन थालेका छन । यसरी शैक्षिक सत्रको शुरु हुन अगावै जिल्लामा पुस्तक आइपुग्दा सरोकारवालाहरु खुसी छन भने गाउँपालिका तथा नगरपालिकाले पुस्तक र विद्यालय प्रशासनिक खर्च अहिलेसम्म पनि निकासा नगर्दा भने काम गर्न कठिनाई भएको विद्यालयहरुले जनाएका छन ।जे जस्तो समस्या भए पनि यस शैक्षिक सत्रमा समयमा नै विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने कुराले भने सरोकारवाला सबै हौसिएका छन ।

Recommended For You

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *