अज्ञात समुहले डोजर जलाउदा सडक निर्माण ठप्प

सोलुखुम्बु चैत २३ गते । सोलुखुम्बुको थृुलुङ दुधकोशी गाउँपलीकामा अज्ञात समुहले डोजर जलाएकोको छ । बिहिबार राती गाउँपालीकाको सडक निर्माणका लागि ल्याईएको जालिम कन्ट्रक्सनको डोजर जलाएको गाउँपालिकका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
विगत तीन महिना देखी उक्त डोजर गाउँपालीकाले प्रयोग गर्दैथियो । कसले र किन डोजरमा आगो लगाएको हो भन्ने पत्ता नलागको तर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बेले जनाएको छ ।
गाउपालिका भित्रको सडक सञ्जाल निर्माणको लागि ल्याईएको डोजर जलाउदा करोडौको क्षति भएको छ भने सडक खन्ने काम पनि ठप्प भएको थुलुङ दुधकोशी गाउपालिकाको कार्यालयले जनाएको छ । जसले आगजानी गरेपनि विकास विरोधको काम गरेकोले विकासको काममा बाध पुगेको कार्यालयले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *