रुस्लान धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्सको अर्को जित

चैत्र २३, २०७४, धनगढी– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा राष्ट्रिय टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्सले ५ विकेटले पराजित गरेको हो । प्रतियोगितामा चौथो जित हात पारेको काठमाडौं का लागि कप्तानको प्रेरणादायी भूमिका निभ्याउदै जित तर्फ डोहोर्याएका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित हुदै नगद रु १० हजार प्राप्त गरे ।
यस नतिजा पश्चात काठमाडौं ८ अंक सहित पहिलो स्थानमा छ भने विराटनगर तेस्रो स्थानमा यथावत रहेको छ । एसएसी मैदान धनगढीमा विराटनगर किङ्सले दिएको १ सय ६५ रनको गतिलो लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । १ रन चाहिएको खेलको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्लले छक्का प्रहार गर्दै जित सुनिस्चित गरे ।

प्रतियोगितामा यस अघिका खेलहरुमा राम्रो सुरुआत गरिरहेका काठमाडौंमा ओपनिंग ब्याट्सम्यानहरु सुबोध भाटी र अमित श्रेष्ठले गतिलो योगदान दिन सकेनन् । भाटीले १४ बलमा १० र अमितले ७ बलमा ५ रन प्रहार गरे । तेस्रो स्थानमा ब्याटिङ् गर्न आएका भुपेन्द्र थापाले २८ बलमा ३६ रन प्रहार गरे भने पाँचौ नम्बरमा ब्याटिङ् गर्न उत्रेका नरेश बुढायरले ४ बलको सामना गर्दा खाता खोल्न सकेनन् ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ६८ रन प्रहार गर्द नटआउट रहे। उनले ४० बल खेल्ने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे। कप्तान मल्लले १७ बलमा २४ रन प्रहार गरेका पुष्प थापासँग ५ औँ विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । ७ औ नम्बरमा ब्याटिङ् गर्न आएका सनी पटेलले १० बलमा २५ रन प्रहार गरे। मल्ल र पटेलले १६ बलमा ३७ रनको साझेदारी गरेका थिए ।

विराटनगरका लागि वसन्त रेग्मीले २ तथा पारस खड्का, सुभम कामत र मन्जित श्रेष्ठले १-१ विकेट लिए ।

त्यस अघि टस जितेर ब्याटिङ् रोजेको विराटनगरले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १ सय ६४ रन प्रहार गरेको थियो । चौथो ओभरमा सुबोध भाटिको बलमा नरेश बुढायरले क्याच फुत्काएपछि जीवनदान पाएका अनिल कुमार शाहले दिलिप नाथसँग मिलेर पहिलो विकेटको लागि ३८ रनको साझेदारी गरेका थिए । दिलिपले २७ बलमा ३३ र अनिलले २२ बलमा १० रन प्रहार गरेका थिए ।

तेस्रो नम्बरमा ब्याटिङ् गर्न आएका बाबर हायातले ३३ बलमा ६७ रनको पारी खेलेका थिए । उनलाई सुबोध भाटीले बोल्ड गरेका थिए। विराटनगरका लागि अन्य ब्याट्सम्यानहरु पवन सराफले २, वसन्त रेग्मीले १०, पृथु बास्कोटा र सौरभ खनालले ११ रन प्रहार गरे भने सुभम कामतले कुनै रन प्रहार गर्न सकेनन् । पारस खड्का ८ र मन्जित श्रेष्ठ शुन्य रनमा नटआउट रहे ।
काठमाडौंका लागि ललित नारायण राजवंशीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट हात पारे। अन्य बलरहरु रशिद खानले २ र सुबोध भाटी १ विकेट लिन सफल भएका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.