स्थानीय तहका पदाधिकारीको सेवासुविधा यस्तो छ

चैत्र २३, २०७४ निर्वाचित भएको झन्डै एक वर्षपछि ४ नम्बर प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक तलब र अन्य सेवासुविधा पाउने भएका छन् । प्रदेश नम्बर ४ को अस्थायी मुकाम पोखरामा आज बसेको प्रदेशसभा बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको हो । स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै सेवासुविधाको बाटो खुलेको हो । प्रदेश सभाको गत १२ गतेको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पेश गरेको विधेयक सैद्धान्तिक छलफल पछि चैत १६ को बैठकले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो । विधायन समितिले सेवा सुविधामा केही हेरफेर गरी प्रतिवेदन सहित गत बुधबारको प्रदेशसभा बैठकमा पेश गरेकोमा त्यसलाई जस्ताको त्यस्तै आज पारित गरेको हो ।
स्थानीय तहमा कसलाई कति
जिल्ला समन्वय समितिका प्रमुख– मासिक ३८ हजार र दैनिक भ्रमण भत्ता १८ सय
उपप्रमुख– ३० हजार र दैनिक भ्रमणभत्ता १६ सय
सदस्यहरु– ११ हजार र दैनिक भ्रमणभत्ता १५ सय
महानगरपालिका प्रमुख– मासिक ४३ हजार, दैनिक भ्रमणभत्ता २ हजार,
उपप्रमुख– मासिक ३८ हजार र दैनिक भ्रमणभत्ता १८ सय
वडाध्यक्ष– मासिक २५ हजार र दैनिक भ्रमणभत्ता १५ सय
कार्यपालिका सदस्य– मासिक १२ हजार ५ सय र दैनिक भ्रमणभत्ता १५ सय
सभाका सदस्य– मासिक ८ हजार ३ सय ५० र दैनिक भ्रमणभत्ता १५ सय
नगरपालिका प्रमुख– मासिक ३५ हजार र दैनिक भ्रमणभत्ता १८ सय
उपप्रमुख– मासिक ३० हजार र दैनिक भ्रमणभत्ता १६ सय
वडाध्यक्ष– मासिक २० हजार र दैनिक भ्रमणभत्ता १५ सय
कार्यपालिका सदस्य– मासिक १० हजार र दैनिक भ्रमणभत्ता १५ सय
सभाका सदस्य– मासिक ७ हजार र दैनिक भ्रमणभत्ता १५ सय
गाउँपालिका अध्यक्ष– मासिक ३१ हजार र दैनिक भ्रमणभत्ता १६ सय
उपाध्यक्ष– मासिक २६ हजार र दैनिक भ्रमणभत्ता १५ सय
वडाध्यक्ष– मासिक १८ हजार र दैनिक भ्रमणभत्ता १४ सय
कार्यपालिका सदस्य– मासिक ९ हजार र दैनिक भ्रमणभत्ता १४ सय
सभाका सदस्य– मासिक ६ हजार र दैनिक भ्रमणभत्ता १४ सय

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *