खेलाडी सम्मानित

सोलुखुम्बु, चैत्र २५ गते । प्रदेश नं १ को क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिताको अवशरका खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडीहरुलाई सम्मान गरिएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आजबाट सुरु भएको क्षेत्रिय प्रतियोगिातमा सम्मान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव सकुन्तला नगरकोटी, नेपालको पहिलो महिला ओलम्पियन सगिंना बैद्य, सामाजिक अभियानता बुद्धि नारायण श्रेष्ठलाई दोसला तथा सम्मान पत्रद्धारा सम्मान गरिएको छ । साथै मोरक्कोमा भएको वल्ड मार्सलआर्ट प्रतियोगिताका स्वर्ण पदक विजेताहरु सञ्जु महर्जन, ङवाङ केसार लामा र अर्जुन बहादुर रोक्कालाई नगद २५÷२५ हजारको साथमा सम्मान पत्रद्धारा सम्मान गरिएको छ ।
नेपाल खेलकुद महासघंका अध्यक्ष तथा पुर्व युर्वा तथा खेलकुद मन्त्रि पुरुषोत्तम पौडेलले तिनै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बेला आएको बताउनुभएको छ । सोलुखुम्बुको सल्लेरीमा आजबाट सुरु भएको क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन सत्रमा बोल्नुहुदै अध्यक्ष पौडेलले युवाहरुको भविष्य खेलकुद क्षेत्रमा भएकाले स्थानिय, प्रदेशिक र केन्द्रिय गरी तिनै तहका सरकारले यस तर्फ सोच्ने बेला आएको बताउनुभयो ।
प्रतियोगितामा पुर्वाञ्चलका १५ ओटा जिल्लाका खेलाडीहरुको सहभागिता रहेको छ । क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिता पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समिति विराटनगर र सोलुखुम्ब् जिल्ला खेलकुद विकास समिति सोलु् सल्लेरीको आयोजनामा भएको आयोजकले जनाएको छ ।

ब्याडमिन्टनको उपाधि झापालाई

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *