विमान स्थल साँघुरो हुदा होटल र विद्यालयको मैदानमा अवतरण हुदै हेलीकोप्टर

सोलुखुम्बु, चैत २५ गते । सोलुखुम्बुको पर्यटकयि विमान स्थल लुक्लाको अवतरण गर्ने मैदान साँघुरो हुदा समस्या भएको छ । तेन्जिङ हिलारी विमान स्थल लुक्लाको मैदानमा ४ वटा जहाज र ४ वटा हेलीकोप्टर अट्ने मात्र षमता भएपछि समस्या भएको नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाले जनाएको जनाएको छ ।
पर्यटकिय सिजन सुरु भएकोले मौसम खुल्ला हुदा विभिन्न विमान कम्पनीले पालो पाउन मुस्किल रहेको छ भने हेलीकोप्टरलाई विद्यालयको प्राङ्गण, अस्पतालको मैदान र होटलको निजी हेलीप्याडमा अवतरण गर्नुपर्ने बाध्यता रहेको नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुवँरले बताउनु भयो ।
नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाका अनुसार विमानहरुको लागि रन वे आवश्यक रहेकोले ४ वटाको क्षमता अनुसार अवतरण गरिने हुदै आएको छ भने विमानको सट्टामा हेलीकोप्टर प्रयोग गर्ने पर्यटकहरुको लागि विमान स्थलको क्षमता भन्दा बढि हेलीकोप्टर आउदा ‘वईटिङ’मा बस्दा पनि धेरै वटा राख्नुपर्ने भएकोले निजि हेलीप्याड, विद्यालय, अस्पताल आदीको हेलीप्याड प्रयोग गर्नुपरेको नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाले जनाएको छ । ४ वटाको मात्र क्षमता भएको उक्त हेलीप्याडमा दैनिक ८० देखि १०० को हाराहारीमा हेलीकोप्टर हवतरण हुने गरेको छ ।
तेन्जिङ हिलारी विमान स्थल लुक्लामा काठ्माडौंबाट आउने, सगरमाथा क्षेत्रको भ्रमण सकेर आउने, पासाङ ल्हमु निकोल निक्की अस्पतालमा उपचार गर्न आउने विरामी, लेक लागेर आकस्मिक रुपमा लेकबाट फर्किनेहरुको कारण दैनिक रुपमा उक्त विमान स्थलमा हेलीकोप्टरको चाप भईरहने नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुवँरको भनाई छ ।
पर्यटकिय सिजनको नभएको समयमा समस्या नरहेको भएपनि अहिले पर्यटकिय सिजन सुरु भएकोले अहिले धेरै समस्या भएकोले हेलीकोप्टरलाई विद्यालयको प्राङ्गण, अस्पतालको मैदान र होटलको निजी हेलीप्याडमा अवतरण गर्नुपर्ने बाध्यता रहेको कार्यालयले जनाएको छ । नेपाल नागरिक उडड्यान प्राधिकरण लुक्लाका प्रमुख योगेन्द्र कुवँरका अनुसार कार्यालयसँग १२ वटा हेलीकोप्टर अट्ने हेलीप्याडको आवश्यकता तत्काल रहेको भएपनि निर्माण हुन नसकेको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *