सोलुखुम्बु, चैत २६ गते । पर्यटकिय क्षेत्र सगरमाथाको आसपासका गाउमा दैनिक प्रति होटल लाखौको कारोबार हुन्छ । तर त्यही क्षेत्रमा बैङ्क नुहदा समस्या हुने गरेको व्यवशायीहरु बताउछन् । नाम्चेदेखि माथिका क्षेत्रमा एउटा पनि बैङ्क नहुदा समस्या भएको हो ।
जिल्लाको सगरमाथा प्रवेशद्धार नाम्चेदेखि माथिल्लो क्षेत्रमा तोङ्बोचे, पाङबोचे, दिङबोचे, फेरिचे, लवुचे, गोरक्सेप, फोचर्,े मिलिङगा, गोक्यो, खुम्जुङ, खुन्दे, मछेर्मा, समारे लागयतका दर्जनौ गाउमा १ सय ३९ वटा पर्यटकिय होटलहरु रहेका छन् । भने त्यतिकै मात्रामा पसलहरु पनि रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
गोरक्सेपका होटल व्यवशायी पासाङ शेर्पाका अनुसार नाम्चेसम्म बैङ्क छ त्यसभन्दा माथिल्लो क्षेत्रमा बैङ्क नहुदा समस्या भएको हो । नाम्चेबाट गोरक्सेप पुग्न पर्यटकलाई चारदिन तथा गोक्यो तीनदिन लाग्ने शेर्पाले बताउनु भयो । यति लामो दुरी रहेपनि बैङ्क नहुदा त्यस क्षेत्रमा कारोबार भएको सबै पैसा मान्छेले साथमा बोकेर नाम्चेमा ल्याउनुपर्ने भएकोले जोखिम रहेको हो ।
माथिल्लो क्षेत्रमा होटल तथा पसलबाट सँकलन भएको पैसा कुनै खाता तथा बैङ्कमा जम्मा गर्नको लागि बैङ्क नहुदा आफै पैसा बोकेर नाम्चेमा रहेको बैङमा जम्मा गर्न आउनु पर्ने बाध्यता रहेको व्यवशायीहरु बताउछन् । ।
पर्यटकको आगमन हुदा स्थानीयलाई मात्र नभई पर्यटकलाई समेत समस्या हुने गरेको पाईएको छ । अमेरिकन नागरिक लित्जी कोल्टई भन्नुहुन्छ‘हामीलाई पनि पैसा सट्टा गर्न बैङ्क चाहिन्छ । तर पैसा साट्न नाम्चे नै झर्नुपर्दाे रहेछ ।’व्यवशायीहरुका अनुसार माथिल्लो क्षेत्रको मध्यभागमा एउटा बैङ्क अनिवाय आवश्यक छ ।