सगरमाथा आरोहणका लागि २७ समुहका २ सय ५० जनाले अनुमति लिए

क्याम्प एक सम्मको बाटो निमार्ण सम्पन्न
सोलुखुम्बु, चैत २६ गते । सगरमाथा आरोहणमा क्याम्प दुईसम्मको बाटो निमार्णको जिल्ला पाएको सगरमाथा प्रर्दुशन नियान्त्रण समितिले आधारशिविरदेखि क्याम्प १ सम्मको बाटो निर्मााण सम्पन्न गरेको छ । क्याम्प एकसम्मको काम सकेर क्याम्प दुइतिरको बाटो निर्माणको काम सुरु गरिएको आईसफल डक्टर आङकामी शेर्पाले बताउनु भयो ।
सगरमाथा प्रदुषण नियन्त्रण समिति(एसपिसिसि)का अनुसार आइएफलक डाक्टरहरु आङकामी शेर्पा, आङ सार्की शेर्पा, ङिमा दोर्जी शेर्पा, मिङमाछिरी शेर्पा, याङडा शेर्पा, मिङमा तेम्बा शेर्पा, ङिमा ओङछु शेर्पा, दावा जाङवु शेर्पा गरि ८ जना तालिम प्राप्त आईसफल डक्टरहरुले बाटो बनाईरहेका छन् । उनीहरुलाई बाटो बनाए बापत्को रकम एसपिसिसिले उपलब्ध गराउ“छ । एसपिसिसिले भने आरोहीस“ग बाटो बनाए बापत भन्दै निश्चित रकम लिने गर्छ । आधारशिविरदेखि क्याम्प २ लाई सबैभन्दा जोखिम क्षेत्र मानिन्छ । यहीक्षेत्रमा वर्षेनी आरोहीहरुले ज्यान गुमाउने गर्छन् ।
बाटो बनाईसकेर आरोहण शुरु हुन अझै एक महिना लाग्न सक्ने एसपिसिसिका कर्मचारी कपिन्द्र राईले बताउनुभयो । सम्भवतः आरोहण शुरु हुन वैशाखको मध्य सम्म लाग्न सक्ने राई बताउनुहुन्छ । ्
आरोहण अनुमति लिएका २० समूहका आरोहीहरु सगरमाथा आधारशिवरि पुगेको सगरमाथा प्रर्दुशन नियन्त्रण समिति नाम्चेले जनाएको छ । सगरमाथाको आधार शिविर अहिले पर्यटक र आरोहीले खचाखच भरिएको छ । अरुबेला सुनसान बन्ने सगरमाथा शिविरमा अहिले सगरमाथा, नुप्चे र लोत्से गरि तीन वटा हिमाल चढ्ने आरोहीका कारण भिडभाड हुन थालेको हो ।
सगरमाथा आरोहण गर्नका लागि अहिलेको ‘स्प्रिङ सिजन’ समय सबैभन्दा उपयुक्त मानिन्छ । स्प्रिङ सिजन सुरु भएसँगै वर्षेणी सयौ आरोहीहरुले सगरमाथा आरोहण गर्ने गरेका छन् । सगरमाथा आरोहण गर्न लाखौको सपना हुन्छ । यस वर्ष २७ वटा समुहका २ सय ५० जना आरोहीले अनुमति लिईसकेको पर्यटन विभागका सुचना अधिकारी तथा निर्देशक राम प्रसाद सापकोटाले जानकारी दिनु भयो । गत वर्ष ३ सय ७७ जना आरोहीले सगरमाथाको सफल आरोहण गरिका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *