नेप्से परिसुचक घट्दा पनि कारोबार रकममा बृद्धि

काठमाडौं–आइतबार उछाल आएको सेयर बजारमा सोमबार भने केही सुस्त देखिएको छ । यद्यपि कारोबार रकममा भने उत्साह नै थपिएको छ । यस दिन ९४ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

१६९ कम्पनी कारोबारमा सामेल थिए । सोमबार नेप्से परिसुचक ६.८७ अंकले घटेर १२८७.७८ विन्दुमा आएर रोकिएको छ । यद्यपि कारोबार रकममा भने बढोत्तरी भएको छ । अन्य समुह बाहेक सबै समुहमा गिरावट आएको छ । अन्य समुह २.९१ अंकले बढेको छ ।

सबैभन्दा बढी होटल समुह ३६.७४ अंकले घटेको छ भने बिमा समुह २९.९३ अंकले घटेको छ । यस्तै जलविद्युत तर्फ २८.५८ अंकले घटेको छ भने उतपादन तथा प्रशोधनतर्फ २१.१५ अंकले घटेको छ ।

बजार घट्दा ुबैभनदा बढी बैक अफ काठमाडौको सँस्थापन सेयर १२ करोड २९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नबिल बैंकको ३ करोड ५५ लाख रुपैया भन्दा बढी र तेस्रोमा बुटवल पावर कम्पनीको २ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.