सगरमाथा दिवसमा न्यूजिल्याण्डमा विशेष कार्यक्रम गरिँदै

चैत २६ – सगरमाथा दिवसको अवसर पारेर न्यूजिल्याण्डमा नेपालको पर्यटन प्रवद्र्धन गर्न बृहत कार्यक्रम हुने भएको छ ।

गैर आवासीय नेपाली संघ एनआरएनए न्यूजिल्याण्डले क्राइष्टचर्च शहरमा आउने जुन दुई तारिखमा नेपालको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा नेपालको ग्रामिण जनजीवन झल्काउने फोटो प्रदर्शनी तथा नेपालको प्राकृतिक दृष्यहरु समेटिएका विभिन्न प्रवद्र्धनात्मक सामग्री पनि रहने एनआरएनए न्यूजिल्याण्डका सचिव विशाल सापकोटाले जानकारी दिनुभएको छ ।

नेपाली खानाको विश्वव्यापीकरण गर्ने उद्देश्यले आलुको भटमास्, अचार,सेलरोटी, खीरलगायतका नेपाली मौलिक खानाको प्रवद्र्धन गरिने छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.