ब्याडमिन्टनको उपाधि झापालाई

सोलुखुम्बु, चैत २७ गते । सल्लेरीमा सम्पन्न पुर्वाञ्चल स्तरिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाले हात पारेको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सम्पन्न प्रतियोगितामा १४ जिल्लालाई पछि पार्दै झापाले उपाधिमाथि कब्जा जमाएको हो ।
पुरुष तथा महिला सिंगल र डबल्स तर्फको प्रतियोगितामा झापाले २ स्वर्ण, १ रजत र १ कास्य जितेको छ । त्यस्तै १ स्वर्ण, २ रजत तथा २ कास्य सहित मोरङ्ग दोश्रो तथा १ स्वर्ण तथा ३ कास्य सहित भोजपुर तेश्रो भएको आयोजकले जनाएको छ । ईलाम बाहेक पुर्वाञ्चालका १५ जिल्लाको सहभागिता रहेको खेलमा पाँचथरले १ स्वर्ण, तेह्रथुमले १ रजत र १ कास्य, सुनसरीले १ रजत तथा ताप्लेजुङ्गले ३ कास्य जित्न सफल भएका छन् । उपाधि बिजेता जिल्ला तथा खेलाडीहरुलाई आजै सम्पन्न समापन समारोहका बिच शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
पुर्वाञ्चाल क्षेत्रिय खेलकुद विकास समिति, बिराटनगरको आयोजना तथा सोलुखुम्बु जिल्ला खेलकुद बिकास समितिको संयोजनमा भएको प्रतियोगितामा १५ जिल्लाका १ सय २० जना खेलाडीको सहभागिता रहेको थियो ।
यो पनि पढ्नुहोस् ।
खेलाडी सम्मानित

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *