पाँच दशक यता मागेको पैसाले बाटो बनाउदै पासाङ

कुनै संस्था, सरकारी निकाय तथा अन्तराष्ट्रिय संघसंस्थाले गर्न नसहेको काम एकलैले बनाईराज्नु भएकोले पर्यटकलाई सहज भएको छ । कुनै निकायबाट यतिको बाटो निर्माण गरिएको भए करोडौ लागत खर्च हुने भएपनि उहाले चन्दा संकलन गरेर नै उहाले करोडौ लागतमा गरिने काम गर्दै आउनु भएको छ । हुन पनि सरकारको उपस्थिति बिना नै सगरमाथा आवातजावत गर्ने पर्यटकलाई स्वेच्छिक चन्दा मागेकै भरमा उनले यस क्षेत्रमा धेरै किलोमिटर बाटो निर्माण गरिसकेका छन् ।


विवश कुलुङ
सोलुखुम्बु, चैत २८ गते । ४९ वर्ष अघि बाटो साँघुरो हुदा पर्यटक र स्थानीयहरु हिड्न मुस्किल भएको हेर्न नसकेपछि बाटो बनाउन लागेका पासाङ शेर्पा अझैपनि थाक्नु भएको छैन । भौतिक सम्पत्ति, सुख र आनन्दको जिन्दगी त्यगेर बाटो निर्माण गरेर अरुलाई हिडडुल गर्न सहज बनाउन सके मनले शान्ति पाउने भन्दै अरुको उपकारको बाटो चुमेका पासाङले बाटो बनाउन थाल्नु भएको पाँच दशक हुन लागेको छ । उनी यत्तिबेला बाटो हिड्ने बटुवाहरु संग हुन्छन्, हातमा चन्दा बाकस बोकेर बाटो बनाउने पैसा संकलन गरिरहेका हुन्छन् । सिंगो जीवन नै बाटो बनाउने काममा अर्पेको पासाङ शेर्पा बताउनुहुन्छ ।
न कुनै संस्था न उनका सहयोगी साथीहरु । तैपनि एक्लैले यत्ति लामो बाटो निर्माण गरेका छन् कि यसको मापन नै छैन । पाखुरामा बलको तेज चढ्दै गर्दा देखि नै कुटो कोदालो, गैदी र ह्याम्बर बोकेर बाटो बनाउन निस्केका पासाङ जीवनको उत्तराद्र्धमा आईपुग्दा समेत बाटो बनाएर थाकेका छैनन् । आफ्नो घर गृहस्थी सबै त्यागेर सिंगो जीवन नै बिग्रे भत्केको बाटोमा समर्पण गरेका उनी बाटोमै देह अन्त होस् भन्ने अभिलाषा राख्छन् ।
बि.सं. २०१५ सालदेखि नै बाटो निर्माण गर्न थालेका शेर्पाले अनवरत रुपमा आज पर्यन्त पनि यो कार्यलाई निरन्तरता दिईरहेका छन् । बाटो निर्माण गर्न थालेको ५९ बर्षको अवधिमा उनले सगरमाथा क्षेत्रमा ओहोरदोहोर गर्ने मूल बाटोहरु दिङबोचे, तथा फेरिचेदेखि पाङबोचे, तेङबोचे हुदै नाम्चेको केङजोमा डाँडा नजिक सम्म ल्याईसकेका छन् ।
बाटो संगै जिन्दगीलाई साटेका शेर्पाले आफू जन्मेको ठाउँमा बाटो बनाएका भने होइनन् । उनको जन्म सोलुखुम्बुको काँकु गाविस ४ मूलखर्कमा भएपनि उनले सगरमाथा क्षेत्रका पर्यटकीय पदमार्गहरुको निर्माण गरेका हुन् । जुन बढीजसो खुम्जुङ र केही भाग नाम्चे गाविसमा पर्दछ ।
अरु केही नभएपनि उनी चन्दा बाकस सधैं आफ्नै साथमा बोक्छन् । आफूले गर्ने काम र सहयोगको याचना समेटिएको कागजात पनि त्यही हुन्छ । पासाङले अरुलाई सहयोग गर्नुहोस् भनेर भनिरहनुपर्दैन । नयाँ पर्यटकहरुका लागि उनीसंगै भएको कागज काफी हुन्छ भने पुरानाहरु पासाङ बाटो निर्माण गर्ने समाजसेवी हुन् भन्नेमा चिरपरिचित छन् । पर्यटकलाई चन्दा माग्दै बाटो बनाउदै आएका उनलाई ‘खुम्बुका सरकार’ भनेर सम्बोधन गर्छन् ।
सगरमाथा क्षेत्रको बाटो एक्लो प्रयासबाट पराकिलो र निरन्तर बनाईरहेको प्रति त्यहाका स्थानीय तथा पर्यटन व्यवशायीहरुले पनि सह्रायनीय काम भएको बताउछन् । खुम्बु पासाङल्हमु गाउपालिका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारी भन्नहुहुन्छ ‘म सानो हुदादेखि नै बनाउन थाल्नु भएको अmभै बनाउदै हुनुहुन्छ । सुरुमा दिङबोचेबाट बनाउन थल्नु भएको पासाङले अहिले क्याङजुमा क्षेत्रमा बनाउदै हुनुहुन्छ ।’ वडाध्यक्ष अधिकारीका अनुसार कुनै संस्था, सरकारी निकाय तथा अन्तराष्ट्रिय संघसंस्थाले गर्न नसहेको काम एकलैले बनाईराज्नु भएकोले पर्यटकलाई सहज भएको छ । कुनै निकायबाट यतिको बाटो निर्माण गरिएको भए करोडौ लागत खर्च हुने भएपनि उहाले चन्दा संकलन गरेर नै उहाले करोडौ लागतमा गरिने काम गर्दै आउनु भएको छ । हुन पनि सरकारको उपस्थिति बिना नै सगरमाथा आवातजावत गर्ने पर्यटकलाई स्वेच्छिक चन्दा मागेकै भरमा उनले यस क्षेत्रमा धेरै किलोमिटर बाटो निर्माण गरिसकेका छन् ।
शुरुमा पर्यटक भरिया भएर कालापत्थर ट्रेकिङमा जाँदा बाटोघाटो विग्रेको, भत्किएको र धेरै पर्यटकहरु लडेर खुट्टा मर्किने भाँच्ने लगायतको समस्या देखेपछि उनलाई बाटो बनाउने चहाना बढेको रहेछ । त्यसको बर्षदिनपछि उनले एउटा जुक्ति निकाले र त्यो जुक्ति पर्यटकलाई पैसा माग्दै त्यही बाटो बनाउने थियो । यसका लागि उनले सगरमाथा राष्ट्रिय निकुञ्जसंग अनुमति मागे र स्वीकृति पत्र पनि बनाउन लगाए ।
सगरमाथा पदमार्गमा पर्ने दिङ्बोचेबाट बाटो निर्माण गर्न थालेका उनलाई जीवन नै बाटो बनाएर बिताउछु भन्ने लागेको थिएन । बाटो निर्माण गर्दै जाँदा प्रशंसक र पर्यटकको स्याबासीले गर्दा यो क्षेत्र त्यागेर जान मनै लागेन र बाटो बनाउने मोहका कारण आज आफु बाटोमै मर्ने अवस्थामा पुगेको बताउनु भयो ।
उहाले बनाएका बाटोहरु पुनः निर्माण गर्नुपर्ने तरीकाले बनाएनन् । सिजनमा प्रायः व्यस्त रहने यस क्षेत्रको बाटोमा ओहोरदोहोर हुन मिल्ने गरी बनाएका छन् । जस्तो सुकै अफ्ठ्यारो बाटोमा पनि उनले कम्तीमा चार फुट चौडा बाटो निर्माण गरेका छन् । ‘दिङबुचे र फेरिचे देखि यता यहा नाम्चेको खोङ्म डाँडा सम्म मेरो पसीना र रगत बगेको छ ।
उहालाई देखेर अचम्मित हुनेहरु धेरै छन् । शुरुका दिनमा उनलाई देख्नेहरु उनीहरुको देशमा पुगेर पाँच÷सात पटक नेपाल आउँदा समेत उनको त्यही कामको निरन्तरता देखेर आश्चर्य मान्ने गरेको उहाले बताउनु भयो । हुन पनि उनको बाटो निर्माण यात्रा संगै ट्रेकिङ गर्न शुरु गरेकाहरुले बूढो भएर ट्रेकिङ पेशा नै छाडिसकेका रहेछन् तर पासाङ भने बाटो बनाएर कहिल्यै थाकेका छैनन् । बरु अझ धेरै बर्ष बाँच्न पाए हुन्थ्यो भन्ने इरादा राख्छन् पासाङ ।
चाउरी अनुहार, कुप्रो शरीर, फुलेका कपाल अनि पावरवाला चश्मा लगाएका उनको बाटो बनाउने शैली विगत एक दशक यता बदलिएको छ । आफै ढुंगा फुटाउने, ढुंगा उचाल्ने र गारो लगाउने काममा तल्लीन हुदै आएका उनको भूमिका एक दशक यता अह्राउने र रकम जम्मा गर्ने काममा मात्र सीमित हुन थालेको छ । बुढ्यौलीले छुँदै गएपछि शारीरिक अशक्तताका कारण उनको भूमिका साँघुरिएको पासाङ बताउँछन् । ‘ कामदार लगाएको छु अरुले गरेको काम चित्त बुझ्दैन आफैले काम गरेजस्तो हुदैन, ढुंगा उचाल्न मन लाग्छ तर सक्दिन’
अरुको खुसीमा आफ्नो खुसी देख्ने, अरुलाई सघाउन पाउँदा आत्मा प्रफुल्ल हुने बताउने पासाङ कयौंको स्याबासीको पात्र मात्र बनेका छैनन् उनलाई नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समेत दोसल्ला ओढाएर सम्मान गरेका छन् । धनले धनी मानिसहरु मरेर जाँदा उनका सन्तानले बनाए माने चौतारा सम्म हुने नत्र केही नहुने भन्दै आफूले हजारौं किलोमिटर बाटो निर्माण गरेको बताए । जुन उनको मृत्यु पर्यन्त पनि चर्चा हुनेछ ।
विस्तारै उमेर ढल्किदै गएपछि बाटो बनाउने कामबाट निबृत्त हुनुपर्ने अवस्थाले पासाङलाई धेरै सताउन थालेको छ । रोग व्याधि लागेर नथलिए आपूmले बनाउने गरेको बाटोमा खट्दा खट्दै मर्ने उहाको इरादा छ । ‘मैले बाटोमै रगत, पसीना बगाए, जीवन पनि यही बिताएँ अरुको घरमा भन्दा यही बाटोमा मर्न पाए मलाई आनन्द हुनेछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.