आईजीपी अर्यालसहित २६ अधिकृतको बिदाइ

चैत २८, काठमाडौ : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालसहित २५ प्रहरी अधिकारीको बिदाइ भएको छ। बुधबार ३० वर्षे सेवाअवधिका कारण एकसाथ आईजीपी अर्यालसहित २६ जना प्रहरी अधिकारी बिदा भएका हुन्।
बुधबार साँझ प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उच्च प्रहरी अधिकारीलाई बिदाइ गरिएको हो। नव नियुक्त आईजीपी सर्वेन्द्र खनालले आईजीपी अर्यालसँगै १५ एआईजी, ९ प्रहरी नायब महानिरीक्षक (डीआईजी) र एक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई बिदा गरेका हुन्।
नवनियुक्त आईजीपी खनालले भने बिहीबार मात्र फुली लगाउने छन्। ३० वर्षे सेवाअवधिका कारण बुधबार अवकास पाउने एआईजीमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, विजयकुमार भट्ट, हेमन्त पाल, रणबहादुर चन्द, मिङ्मार लामा, मधुप्रसाद पुडासैनी, केशरीराज घिमिरे, विजयलाल कायस्थ, माधवप्रसाद नेपाल, माधव जोशी, कमलसिंह बम, पञ्कज श्रेष्ठ र पशुपति उपाध्याय छन्।
त्यसैगरी बिदाइ भएका डीआइजीमा गोविन्दप्रसाद निरौला, रोमेन्द्र सिंह देउजा, सुदीप आचार्य, गणेश केसी, केदारमान सिंह भण्डारी, रमेशकुमार भट्टराई, भोगबहादुर थापा, पुष्कलराज रेग्मी र पुष्पचन्द रंजित रहेका छन्। सँगै एसएसपी विष्णुहरी गौतम बिदाइ भएका छन्।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.