दुई सय ९६ जनाले सगरमाथा आरोहणको अनुमति लिए(अन्य हिमालको आरोहणसँख्या सहित)

सोलुखुम्बु, चैत २९ गते । सगरमाथाको आधार शिविर अहिले पर्यटक र आरोहीले खचाखच भरिएको छ । अरु बेला सुनसान बन्ने सगरमाथा शिविरमा अहिले सगरमाथा, नुप्चे र लोत्से गरि तीन वटा हिमाल चढ्ने आरोहीका कारण भिडभाड हुन थालेको हो ।

हिमाल आरोहण दल संख्या आरोही संख्या
सगरमाथा ३१ २९६
लोत्से ७७
नुप्चे ११
आमा २१
धौलागिरी २६
अन्नपुर्ण
छोपाचामरे
कन्चजङगा ४२
मकालु १८
मुस्ताङ १२

स्रोतः पर्यटन विभाग २०७४ चैत २८

सगरमाथा आरोहण गर्नका लागि अहिलेको ‘स्प्रिङ सिजन’ समय सबैभन्दा उपयुक्त मानिन्छ । स्प्रिङ सिजन सुरु भएसँगै वर्षेणी सयौ आरोहीहरुले सगरमाथा आरोहण गर्ने गरेका छन् । सगरमाथा आरोहण गर्न लाखौको सपना हुन्छ । यस वर्ष पनि ३१ समुहका २ सय ९६ पर्यटकहरुले सगरमाथा आरोहण गर्न सपना बुनेर अनुमति लिईरहेको पर्यटन विभागले जनाएको छ । जसमध्ये नेपाली ३ सुमहका १५ जना आरोही रहेको विभागका सुचना अधिकारी राम प्रसाद साप्कोटाले जानकारी दिनुभयो ।गत वर्षबाट आरोहीहरुले सगरमाथाको आरोहणमा सफलता हासिल गर्न थालेपछि यस वर्ष पनि उत्शाहका साथ आरोहीहरु सगरमाथा आधारशिविरतर्फ जान थालेको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनु भयो । शेर्पाका अनुसार नुप्चे आरोहण गर्ने समुह, लोत्से आरोहण गर्ने र सगरमाथा आरोहण गर्ने आरोहण सहयोगी, आरोही, भरिया गरि अहिले सगरमाथा आधारशिविरमा १ हजार भन्दा बढिको संख्यामा आधार शिविरमा रहेका छन् ।
एक महिना अघिदेखि एसपीसीसीका ८ जना आईसफल डाक्टरहरुले बाटो बनाउने काम गरिरहेका छन् भने हालसम्म मौसम राम्रो भएकोले आरोही तथा सहयोगीहरु उत्शाहित रहेको एसपिसीसीका बेसक्याम्प म्यानेजर छिरिङ तेन्जीङ शेर्पाले जानकारी दिनु भयो । शेर्पाका अनुसार एसपीसीसीले अनुमति पाएको बाटो बनाउने काम तिव्र बनाईएको छ । हालसम्म क्याम्प १ सम्मको बाटो बनाउने काम सम्पन्न भएको छ भने अव क्याम्प २ सम्मको बाटो बनाउने काम भईरहेको छ । एसपीसीसीले क्यम्प २ सम्मको बाटो बनाउने अनुमति पाएको छ भने त्यो भन्दा माथि आरोही आफैले व्यवस्थपन गर्दै आएको छ ।
बाटोमा धेरै खर्पास र खाल्डोका कारण बाटो बनाउन कठिन रहेको आईसफल डाक्टरहरुले बताएका छन् । लेकको बाटो सधै नै चुनौतीपूर्ण हुने भएकोले यस वर्ष पनि चुनौतीपूर्ण रहेकोले कडा मेहनतका साथ आईसफल डाक्टरहरु खटिरहेको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनु भयो । एसपीसीसीका फिल्ड कर्मचारी, आधार शिविर निरीक्षक, आइसफल डाक्टरसहित सहितको टोली सगरमाथा क्षेत्रमा अनवरत रुपमा खटिरहेको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनु भयो ।
गत वर्ष ३ सय ७७ जनाले सफलता हात पारजस्तै यस वर्षको आरोहण सफल पार्ने सपना लिएर सगरमाथा आरोहीहरु, आईसफल डाक्टर तथा सहयोगीहरु पनि आधार शिविर पुगिसकेका हुन् । त्यस्तै सगरमाथा आधारशिविर सफा राख्नका लागि सगरमाथा प्रर्दुशन नियन्त्रण समिति (एसपिसीसी) ले १२ जना कर्मचारी आधारशिविरमा खटाएको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताउनु भयो ।
आरोही र आरोहीका सहयोगी सगरमाथा आधार शिविरमा बस्दा जम्मा गरेको सबै फोहोर आरोहण सकिने लगतै एसपीसीसीले भरिया लगाएर नाम्चेमा झार्ने गरेको उपाध्यक्ष शेर्पाले बताउनु भयो । त्यति मात्र नभई सगरमाथा आधारशिविरको हिउ पग्लेर खोलाको रुपमा आउने अनि त्यहि खोलाको पानी धेरैले प्रयोग गर्ने गरिएकोले आधार शिविरमा दिसापिसाव समेत ड्रममा मात्र गर्नुपर्ने व्यवस्था गरिएको एसपीसीसीका उपाध्यक्ष शेर्पाले बताउनु भयो ।
आरोहण सकिएपछि सगरमाथा आधार शिविरमा जम्मा भएको दिसापिसावलाई भरिया लगाई एसपिसिीले हिउ नपग्लिने गोरक्सेपमा ल्याएर खाल्डो खनेर पुर्ने गरेकोले वातावरणिय सरसफाई पनि राम्रो हुने एसपिसिसीको विश्वास रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.