अव नेपालमा फेसबुक पूर्ण प्रतिबन्द ?

काठमाडौँः सरकारले नयाँ वर्ष २०७५ सालबाट फेसबुकसहितका सामाजिक सञ्जाल नेपालमा बन्द हुने कुरा अफबाह मात्रै रहेको प्रष्ट पारेको छ ।

सञ्चार मन्त्रालयको लेटर प्याडको दुरुपयोग गरेर फेसबुकसहितका सामाजिक सञ्जाल बन्द हुने कुरा सामाजिक सञ्जालमा फैल्याइएपछि यस्तो खण्डन आएको हो ।

‘यस मन्त्रालयले फेसबुकसहितका कुनै पनि सामाजिक सञ्जाल बन्द गराउने, प्रतिबन्ध लगाउने गरी कुनै निर्णय गरेको छैन’, मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले भने, ‘त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिलाई कानुनी कारवाही चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई अनुरोध गरिसकेका छौँ ।’

मन्त्रालयले त्यस्ता भ्रामक सूचनामा विश्वास नगर्न र त्यस्ता गलत सूचना प्रवाह गरेको भए सामाजिक सञ्जालबाट त्यसलाई हटाउन पनि आग्रह गरेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *