अन्तरिक्षमा मानव जन्मबारे परीक्षण गर्दै नासा

चैत २९, काठमाडौं-एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक मानव वीर्य अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा पठाएको छ । अन्तरिक्षमा मानव जन्म सम्भव छ कि छैन भनेर पत्ता लगाउन नासाले परीक्षण गर्न लागेको हो।

स्पेस एक्स फाल्कन ९ रकेटमा पठाइएको वीर्यलाई कसरी न्यून गुरुत्वाकर्षणले पुरुष सेक्स कोषलाई असर गर्छ भनेर विभिन्न परीक्षण गरिनेछन् । आइएसएसका अन्तरिक्ष यात्रीहरुले जमाइएको वीर्यलाई पगालेर अन्तरिक्षमा सफल प्रजनन हुन्छ कि हुँदैंन भनेर परीक्षण गर्नेछन्।

नासाको ‘माइक्रो मिसन ११’ अन्तर्गत जमाइएको मानव तथा साढेँको वीर्य अन्तरिक्षमा पठाइएको हो । अन्यन्त न्युन गुरुत्वाकर्षणमा वीर्यहरु कसरी पौडन सक्छन् र तिनीहरुको गति कस्तो हुन्छ भन्नेबारेमा बुझ्न सजिलो हुने विश्वास नासाको छ।

नासाले विज्ञप्तिमा भनेको छ, ‘अन्तरिक्षमा प्रजननको जैविक पक्षबारे केही जानकारी त अहिल्यै नै छ, र यो परीक्षणले बाँकी पक्ष पनि पूरा गर्नेछ र पहिलोपटक मानव र साँढेको वीर्यको अवस्था कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुनेछ।’

प्रजनन हुनका लागि वीर्यका कोषहरु सक्रिय हुनुपर्छ र विस्तारै पौडदैं अण्डातर्फ जानुपर्छ । मानव वीर्य पहिलोपटक पठाइएपछि साँढेको वीर्य भने यसअघि पनि पठाइएको थियो। यसपटक अघिल्ला परीक्षणसंग तुलना गर्न पुनः पठाइएको नासाले जनाएको छ । अध्ययन गरिसकेपछि वीर्यका सबै नमूना पृथ्वीमै पठाइनेछ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.