उपचार नपाई मृत्यु, मृत्युपछि उपचारको नाटक !

बुटवल । नेपाल सरकारले गरिबी असायका लागि निःशुल्क स्वास्थ्य उपचार भनेर प्रचार प्रसारमा मात्र लाखौको बजेट खर्च गर्ने गर्दछ । तर बुटवल स्थीत लुम्बिनी अञ्चल अस्पतालमा टिकट काट्ने पैसा जुटाउन नसक्दा अस्पतालको गेटमा नै एक गरीब वृद्धले ज्यान गुमाएका छन् ।

अस्पताल वरपरका स्थानियका अनुसार एक जना व्यक्ति ८ दिन देखि अस्पताल परिसरमा थिए । सुरुकै दिन अस्पतालमा उपचारको लागि टिकट नपाएपछि स्थानीयले अस्पतालमा रहेको सामाजिक सेवा इकाईमा जानकारी गराउँदा समेत इकाइले पनि चासो देखाएन ।

केही दिन अघि बुटवल उपमहानगरपालिका मेयर÷उपमेयर समेत अस्पतालमा आयोजित एक कार्यक्रममा भाषण गरेका थिए । तर ति व्यक्ति माथि कसैको ध्यान गएन ।

हुदा हँुदा स्थानीयले उपचार खर्च व्याहोर्न बताउँदा पनि अस्पतालले भर्ना नलिएको स्थानीयहरु बताउछन् ।

विरामी भएर अस्पताल पुग्दा समेत उन्ले उपचार पाएन्न् । अन्त्यत बिहिवार उनको मृत्यु भयो । प्रत्यक्षदर्शीका अनुसार उनको मृत्युपछि मात्रै अस्पतालमा कार्यरत कर्मचारीहरुले इमरजेन्सी कक्षमा लगेका थिए ।

कति सम्म भने अस्पताल परिसरमा उपचार नपाई मृत्यु भएको भनि दोष आउने डरले अस्पताल प्रशासनलले मृत्यु पछि उपचारको नाटक गरेको थियो । ८ दिन सम्म जिवित व्यक्ति उपचारका लागि अस्पताल परिसरमा छटपटाई रहदा कसैले बास्ता गरेन् ।

यी व्यक्ति नेपाली भएको पुष्टी भएपनि उनको परिचय अझै खुल्न सकेको छैन् । उपचारका लागि अस्पताल पुगेका व्यक्ति उपचार नपाई अस्पताल परिसरमा वित्नु बिडम्वना हो ।

-कृष्ण पाण्डे/news24nepal.tv

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.