अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी आउने

एक अमेरिकी लगानी कम्पनीले नेपालमा एक खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने समाचारनयाँ पत्रिका दैनिक छापेको छ । अमेरिकाको सीआईएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्न प्रस्ताव गरेको हो ।

ऊर्जामन्त्री वर्षमान पुनले नयाँ पत्रिकालाई भनेका छन्, ‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत उत्पादन गर्ने प्रस्ताव गरेको छ । उनीहरुको लगानील प्रस्तावलाई सकारात्मक रुपमा लिँदै फास्ट ट्र्याकमार्फत लगानी स्वीकृत गर्ने प्रतिवद्धता हामीले गरेका छौं ।’

अमेरिकास्थित नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीले स्काई पावर ग्लोबल लिमिटेडलाई नेपालमा लगानी ल्याउनृे विषयमा समन्वय र सहजीकरण गरेका थिए ।

स्काई पावर ग्लोबल प्रालिका प्रमुख व्यवसायीक अधिकृत चार्ल्स कोहेन नेतृत्वको टोली र ऊर्जामन्त्री वर्षमान पुन नेतृत्वको टोलीबीच भएको बिहीबारको वार्तापछि लगानीको विषयमा टुंगो लागेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले लेखेको छ, ‘स्काई पावर ग्लोबलले एक वर्षमा २ सय मेगावाटको दरले ३ वर्षमा ६ सय मेगावाट विद्युत उत्पादन गर्ने प्रस्ताव गरेको मन्त्री पुनले जानकारी दिए । ग्रिन जायन्ट पावर नेपालका माध्यमबाट हुने लगानीबाट नेपालमा सौर्य ऊर्जाको विद्युत परियोजना सन्चालन मात्रै होइन, सोलार प्यानल नै उत्पादन गर्ने कारखानासमेत स्थापना हुनेछ ।’

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.