सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने ट्रम्पको धम्की,अमेरिकी हमलाको जवाफ दिन्छौं : रुस

एजेन्सी / वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र हमला गर्ने धम्की दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले सिरियाभित्र क्षेप्यास्त्र प्रहार गरिने उल्लेख गरेका छन् । एक वरिष्ठ रुसी अधिकारीले कुनै पनि अमेरिकी हमलाको जवाफ दिइने धम्की दिएका छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

यसअघि, ट्रम्पले रासायनिक हमलाको ‘कडा’को प्रतिक्रिया जनाइने प्रतिबद्धता व्यक्त गरेका थिए । रुसबाट सैन्य समर्थनप्राप्त गरिरहेका सिरियाली राष्ट्रपति बसर अल–असदको सरकारले भने कुनै पनि रासायनिक हमलामा उसको संलग्नता रहेको भनेर अस्वीकार गरेको छ । ट्रम्पले आफ्नो ट्वीटमा असदलाई ‘जनावर’को संज्ञा दिएका छन् । शनिबार सिरियाली विपक्षी अभियानकर्मीहरू, उद्दारकर्ताहरू तथा स्वास्थ्यकर्मीहरूले पूर्वी गुटास्थित डौमामा सिरियाली सरकारी सेनाले विषालु ग्याँसयुक्त बम हमला गरेको बताएका थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.