धनगढी प्रिमियर लिगको उपाधि टीम चौराहालाई

३० चैत , काठमाडौँः  टिम चौराहा धनगढीले धनगढी प्रिमियर लिगको उपाधि जितेको छ । फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराउँदै टिम चौराहाले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

 

जवाफमा काठमाडौ २० ओभरमा ८ विकेट गुमाउदा एक सय ६० रनमा रोकियो । उसले पनि सुरुवात राम्रो गर्न सकेन । १२ रन हुँदा पहिलो विकेट गुमाएको काठमाडौका ओपनर सुबोध भाटी मात्र ५ रनमा आउट भए ।

चौराहाले घरेलु मैदानमा भएका तीन वटा प्रतियोगिताको उपाधि जितेको छ । दुई बर्ष अगाडी धनगढी क्रिकेट लिगको उपाधि जितेको चौराहाले अघिल्लो बर्ष डीपीएलको पहिलो सस्करणको च्याम्पियन बनेको थियो । यसपटक पनि उसले उत्कृष्ट रुपमा उपाधि कब्जा गर्न सफल भयो । उपाधिसँगै चौराहाले २५ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.